काठमाडौं । जेन्जी आन्दोलनमा फरार भएका एक जना कैदी फेरि जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा विक्रम भुजेल रहेका छन् । उनलाई रामेछापको रामेछाप नगरपालिका १ बाट पक्राउ गरिएको हो ।
वैशाख ३१ गते एक ३५ वर्षीया फरक क्षमता भएकी महिलालाई जबरजस्ती करणी गरी फरार रहेको प्रहरीले जनाएको छ ।उनीमाथि छानबिनका लागि जिल्ला अदालत रामेछापबाट ७ दिनको म्याद थप भएको छ ।
Facebook Comments Box
