काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) अन्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ ।
मंगलबार गृह मन्त्रालयमा बसेको बढुवा समितिले पोखरेललाई बढुवा सिफारिस गरेको हो । सशस्त्र प्रहरी बलमा दुई जना एआईजी दरबन्दी छ । त्यसमध्ये एक दरबन्दी रिक्त छ ।
उक्त रिक्त दरबन्दीमा पोखरेललाई सिफारिस गरिएको हो ।
यसअघि नेपाल सरकारले नारायणदत्त पौडेललाई आईजीमा बढुवा गरेपछि एआईजी पद रिक्त भएको थियो ।
Facebook Comments Box
