Author: Scoop Khabar

रौतहट । झण्डै दुई दशकसम्म रहस्यको पर्दाभित्र लुकेको एक दर्दनाक पारिवारिक हत्याकाण्ड अन्ततः सार्वजनिक भएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यको सुझबुझ, धैर्य र निरन्तर सक्रियताले १८ वर्षपछि चकित पार्ने तथ्य बाहिर आएको हो- बाबुको हत्यामा आफ्नै छोरा संलग्न रहेको पुष्टि भएको छ। २०६४ साल जेठ २० गते गरुडा नगरपालिका–१ (साबिक जयमनगर–४) का ६८ वर्षीय विशेष महतो कोईरीको निर्मम हत्या भएको थियो। घटनापछि प्रारम्भिक अनुसन्धानकै क्रममा उनका कान्छा छोरा राम बिलास महतोमाथि शंका गरिएको थियो। तर उनी परिवारसहित फरार भएपछि घटना लामो समयसम्म रहस्यमै सीमित रह्यो। समय बित्दै जाँदा अनुसन्धानका फाइलहरू थन्किएका थिए। तर डीएसपी आचार्यले…

थप

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल आजबाट अनिवार्य अवकाशमा जाने भएका छन् । आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अर्याल शुक्रबार राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका छन् । सशस्त्र प्रहरी हेडक्वाटरले शुक्रबार फौजी परम्पराअनुसार अर्यालको बिदाइ गर्नेछ । आईजीपीको चार वर्षे कार्यकाल विवादरहीतरुपमा अर्यालले बताए । उनी कुनै ठूलो विवादमा मुछिएनन् । संगठनलाई सही ट्रयाकमा ल्याउने अर्यालले उल्लेख्य भूमिका खेलेको सशस्त्र प्रहरी हेडक्वाटरले बताएको छ ।अर्याल अवकाशमा जाने भएपछि उनको ठाउँमा नारायणदत्त पौडेललाई आईजीपी बनाउने निर्णय सरकारले गरिसकेको छ । उनले भोलि, शनिबारदेखि कार्यकाल सम्हाल्नेछन् ।

थप

काठमाडौं । नेपाल प्रहरीका ५,७५० जवानहरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार रातिउनीहरुको सरुवा गरेको हो । उनीहरुले जेठ महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने छन् । आवश्यकता अनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुची हेर्नुहोस https://www.facebook.com/share/p/19yB8e1ndZ

थप

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) द्वारिका घिमिरेको कार्यशैलीलाई लिएर संगठनभित्र गम्भीर असन्तुष्टि बढ्दै गएको देखिएको छ। पछिल्ला घटनाक्रमसँगै उनको आक्रामक शैली, निर्णय प्रक्रिया र व्यवहारप्रति मातहतका प्रहरी कर्मचारीहरू असन्तुष्ट रहेको स्रोतले बताएको हाे। हालैको घटनाअनुसार एक तामाङ थरका प्रहरी वरिष्ठ हवल्दारले उनलाई हिजो कार्यालयमै हातपात गर्ने प्रयास गरेको खबर खप्तडटिभीलाई प्राप्त भएको छ। ती वरिष्ठ हवल्दार मंगलबजार प्रहरी वृत्तबाट रमाना पत्र लिएर केही समय ढिलो जिल्ला प्रहरी परिसर ललितपुर पुगेका कारण डीएसपी घिमिरे आक्रोशित बनेको बताइन्छ। सुरक्षा स्रोतका अनुसार “ढिलो किन आएको” भन्ने विषयलाई लिएर भनाभन भएको र त्यस क्रममा डीएसपीले अपमानजनक शब्द प्रयोग…

थप

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको पहलपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको गुमेको जग्गा पुनः प्रहरीकै नाममा कायम भएको छ। सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुनः प्रतिष्ठानकै नाममा कायम गर्ने निर्णय गरेको हो। सहरी विकास मन्त्रालय तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय अनुमोदन गरेको हो। यसअघि २०७८ भदौ ९ गते उक्त जग्गा राष्ट्रपतिको कार्यालयको नाममा राख्ने निर्णय गरिएको थियो। तर आईजीपी कार्कीको निरन्तर पहल, समन्वय र प्रयासपछि उक्त निर्णय पुनरावलोकन हुँदै जग्गा फेरि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकै नाममा फर्काइएको हो। यो निर्णयले प्रहरी संगठनको संस्थागत सुदृढीकरण, तालिम पूर्वाधारको संरक्षण…

थप

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की ले १० घण्टे ‘स्वीप अप्रेसन’ सञ्चालन गर्दै १२२ जनालाई नियन्त्रणमा लिएको छ। लागू औषध कारोबार, सेवन, सार्वजनिक अशान्ति तथा गुण्डागर्दी नियन्त्रण गर्ने उद्देश्यले अप्रेसन गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मिति २०८३/०१/०९ गते राति ९ बजेदेखि ०१/१० गते बिहान ६ बजेसम्म सञ्चालन गरिएको उक्त अप्रेसनमा करिब १०० जना प्रहरी परिचालन गरिएको थियो। पोखराका विभिन्न वडा तथा आसपासका क्षेत्रमा एकैपटक गरिएको कारबाहीमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।सबैभन्दा बढी ३५ जना लेकसाइड, ड्यामसाइड र गैराको चौताराबाट पक्राउ परेका छन् भने पृथ्वीचोक, रंगशाला, बुद्धचोक लगायत क्षेत्रबाट २० जना नियन्त्रणमा लिइएको छ। अन्य विभिन्न वडा तथा…

थप

काठमाडौं । गृहमन्त्री सुधन गुरूङको राजीनामापछि सरकार नयाँ नेतृत्वको खोजीमा छ। यस्तो संवेदनशील समयमा गुल्मी–२ का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थीको नाम सम्भावित गृहमन्त्रीका रूपमा तीव्र रूपमा चर्चामा आएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार सुशासन, पारदर्शिता र परिणाममुखी कामको दबाबमा रहेका बेला पन्थीलाई एक सक्षम र विश्वसनीय विकल्पका रूपमा हेरिएको छ। पन्थी विगतदेखि नै निर्भीक ढंगले राष्ट्रिय रूपमा चर्चित विषयहरूमा अनुसन्धान गर्दै अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरेका व्यक्ति हुन्। कानुनको गहिरो ज्ञान भएका उनले अधिवक्ताका रूपमा निःशुल्क कानुनी सेवा दिँदै सर्वसाधारणलाई न्याय दिलाउन भूमिका खेलेका छन्। साथै नेपाल प्रहरीमा डीएसपी (नायब उपरीक्षक) का रूपमा काम गर्दा उनले शान्ति–सुरक्षा, अपराध अनुसन्धान…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी कार्यसम्पादनतर्फ देशभरकै प्रहरीमध्ये सर्वोत्कृष्ट घोषित भएका छन् । अपराध नियन्त्रण, निर्वाचन सुरक्षा र न्याय सम्पादनमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले उनलाई उत्कृष्ट प्रहरी अधिकृतका रूपमा पुरस्कृत गरेको हो । २०५४ चैत १६ गते असईबाट प्रहरी सेवामा प्रवेश गरेका जिसी २०६१ जेठ १५ गते खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर पदमा नियुक्त भएका थिए । सेवाकालभर जिम्मेवारी सफलतापूर्वक बहन गर्दै आएका उनी नतिजामुखी र कर्तव्यनिष्ठ अधिकृतका रूपमा परिचित छन् । यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा कार्यरत रहँदा उनले कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा समेत…

थप

रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगर मधेश प्रदेशस्तरमै ‘Best Traffic Police of the Month’ घोषित भएका छन्। नेपाल प्रहरी अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले प्रदेशका आठवटै जिल्लाको कार्यसम्पादन मूल्यांकनका आधारमा मगरलाई चैत्र महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरेको हो। सोमबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख एसपी ज्ञानेन्द्र बहादुर बस्नेतले मगरलाई नगद १ हजार रुपैयाँसहित कदरपत्र प्रदान गर्दै सम्मान गरे। उनले मगरको कार्यशैली, अनुशासन र सक्रियतालाई सराहना गरेका थिए। मगरले ट्राफिक व्यवस्थापनमा कडाइ र अनुशासनलाई सन्तुलित गर्दै नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि प्रभावकारी कारबाही गर्दै आएका छन्। साथै, स्थानीय तह तथा…

थप

देशमा सुशासन स्थापनाको कुरा धेरैले गर्छन्, तर त्यसलाई व्यवहारमा उतार्ने प्रयास गर्दा विवादहरू पनि स्वाभाविक रूपमा सतहमा आउँछन्। पछिल्लो समय गृहमन्त्री सुधन गुरुङ व्यवसायिक साझेदारीको विषयलाई लिएर विवादमा तानिएका छन्। केही समूहले उनको राजीनामा माग गरिरहेका छन् भने कतिपयले बर्खास्तीको आवाजसमेत उठाएका छन्। तर, यहाँ मूल प्रश्न उठ्छ, के केवल आरोपकै आधारमा कुनै जिम्मेवार पदमा बसेको व्यक्तिले पद त्याग्नुपर्छ? यस विवादलाई केवल सतही रूपमा हेर्ने हो भने वास्तविक प्रश्नहरू ओझेलमा पर्ने खतरा देखिन्छ। सरकार गठन भएयता गृहमन्त्री गुरुङले लिएको आक्रामक कार्यशैलीले धेरैलाई असहज बनाएको यथार्थ लुकाउन सकिँदैन। भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र राज्य दोहनमा संलग्न व्यक्तिहरूलाई खोजी–खोजी कारबाही गर्ने उनको…

थप