Author: Scoop Khabar

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार पूर्वाग्रहको पोको भएको जिकिर गरेका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले नयाँ दल र सेनाको सम्पत्ति छानबिन नगर्ने नीति लिएको भन्दै खाली आफू र पुराना पार्टीका मान्छेहरुलाई मात्रै फसाउन लागिपरेको बताए । सम्पत्ति छानबिन आयोग बनाएर राज्यले छानिछानि फसाउन खोजेको भन्दै उनले यस्ता अयोगलाई आफूले नमान्ने र बयान पनि नदिने बताए । उनले भने, ‘अरुले बयान दिएपनि मचाहिँ बयान दिन्नँ । सम्पत्ति विवरण भरेर म पठाउँदिनँ, जेजे गर्न सक्छ गरोस् । यो राज्य राज्य होइन । यो पूर्वाग्रहको पोको हो ।’ साथै उनले राज्य संयन्त्रमा रहेका…

थप

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन वा क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्वनियोजित षड्यन्त्र भएको बताएका छन् । २१ फागुनको चुनावपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका अध्यक्ष ओलीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सार संक्षेपलाई उद्धृत गर्दै ती घटनाहरू प्रायोजित र आपराधिक क्रियाकलापको हिस्सा भएको दाबी गरेका हुन् । संवैधानिक र लोकतान्त्रिक रूपमा बलियो तथा जननिर्वाचित बहुमत प्राप्त सरकारलाई कानूनी र संसदीय प्रक्रियाबाट ढाल्न नसकेपछि अवैधानिक र आपराधिक मार्ग अपनाइएको ओलीको तर्क छ । उनले ती घटनाहरूको पृष्ठभूमिमा लामो समयदेखि तालिम र तयारी गरिएको समेत उल्लेख गरे…

थप

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दुई थान दाह्रा चोरी भएको खुलेको छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले राष्ट्रपति निवास तोडफोड गर्नुका साथै आगजनी समेत गरेका थिए । राष्ट्रपति बस्ने कुर्सीदेखि, भित्तामा सजाइएका तस्बिरहरु समेत जलाउने, भाँच्ने काम भएका थिए । त्यही मौकामा भित्तामा राखिएका दुई थान हात्तीका दाह्रा समेत चोरी भएको खुलेको हो । चोरी भएको करिब ९ महिनापछि प्रहरीले दाह्रा चोरीको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले नयाँ बसपार्क तथा मनमैजु क्षेत्रमा अपरेशन चलाएर दाह्रासहित केही व्यक्तिलाई पक्राउ…

थप

काठमाडौं । डडेलधुराको परिगाउँ बीओपीमा कार्यरत सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगर हराएको तीन दिनपछि महाकाली नदीमा मृत अवस्थामा भेटिए। उनी १५ जेठमा सीमा गस्तीका क्रममा हारबोर बीओपीमा बसेपछि १६ जेठ बिहान रोलकलमा अनुपस्थित भएका थिए। सशस्त्र प्रहरीका अनुसार पुन मगर विवाह वर्षगाँठ मनाउन भन्दै बीओपीबाट निस्किएका थिए। उनीसँगै उनका मामा नाता पर्ने तीर्थबहादुर थापाको शव पनि महाकाली नदीमा भेटिएको छ। दुवै जना माछा मार्न गएको हुनसक्ने आशंका गरिएको भए पनि यसको आधिकारिक पुष्टि भएको छैन। घटनापछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी अभियान सञ्चालन गरेका थिए। पुन मगरको शव सोमबार कञ्चनपुर–टनकपुर ब्यारेज क्षेत्रको महाकाली नदीमा फेला परेको थियो। गस्तीमा…

थप

रौतहट । रौतहटको कटहरिया नगरपालिका–२ हथियाहीका कार्यालय सहयोगी श्रीराउत बरै यतिबेला क्यान्सर रोगसँग संघर्ष गरिरहेका छन्। भरतपुरस्थित क्यान्सर अस्पतालमा विगत डेढ महिनादेखि उपचाररत बरै आर्थिक अभावका कारण थप समस्यामा परेका छन्। परिवारका अनुसार उनको स्वास्थ्य अवस्था जटिल रहेकाले निरन्तर उपचार, औषधि तथा नियमित स्वास्थ्य निगरानी आवश्यक छ। तर, उपचार खर्च बढ्दै जाँदा परिवारलाई आर्थिक व्यवस्थापन गर्न कठिन भइरहेको छ। समाजसेवी विनोदलाल कर्णका अनुसार बरैले कटहरिया नगरपालिकाबाट पाउनुपर्ने करिब २० महिनाको तलब हालसम्म प्राप्त गरेका छैनन्। लामो समयदेखि पारिश्रमिक रोकिँदा परिवारको आर्थिक अवस्था कमजोर बनेको र बिरामी परेपछि समस्या झन् जटिल भएको उनको भनाइ छ। ‘एकातिर रोगसँग संघर्ष गरिरहेका छन् भने…

थप

अमेरिका, रुस, चीन, भारत, बेलायत तथा अन्य शक्तिशाली राष्ट्रहरूमा सरकार प्रमुखले नियमित रूपमा सुरक्षा तथा गुप्तचर निकायबाट ब्रीफिङ लिने गर्छन्। राष्ट्रिय सुरक्षा, राजनीतिक अवस्था, सामाजिक तनाव, अन्तर्राष्ट्रिय घटनाक्रम र सम्भावित जोखिमबारे उनीहरूलाई निरन्तर जानकारी गराइन्छ। किनकि राज्य सञ्चालन केवल राजनीतिक भाषण, प्रशासनिक निर्णय वा कूटनीतिक गतिविधिमा मात्र सीमित हुँदैन। राज्य सञ्चालनको आधार भनेकै समयमै प्राप्त हुने सूचना, त्यसको विश्लेषण र त्यसअनुसार गरिने निर्णय हो। विश्वका यी मुलुकहरूमा सुरक्षा निकाय र सरकार प्रमुखबीचको सम्बन्ध औपचारिक मात्र होइन, कार्यगत रूपमा पनि अत्यन्त महत्वपूर्ण मानिन्छ। सुरक्षा संयन्त्रले संकलन गर्ने सूचना र सरकार प्रमुखले लिने निर्णयबीचको समन्वयलाई राज्यको स्थायित्वसँग जोडेर हेरिन्छ। विकसित लोकतन्त्रदेखि शक्तिशाली…

थप

काठमाडौं । महोत्तरीमा डाँका चोरी गर्न पुगेको समूहको गोली प्रहारबाट दुई जना घाइते भएका छन्। मंगलबार राति महोत्तरीको सोनमा गाउँपालिका–३ खखनास्थित राम विश्वास यादवको घरमा डाँका चोरी भएको प्रहरीले जनाएको छ। घटनाका क्रममा डाँका समूहले चलाएको गोली लागेर घरधनीका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव घाइते भएका हुन्। घाइते दुवै जनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार घटनाबारे प्रहरीलाई बुधबार बिहान जानकारी प्राप्त भएको थियो। घटनामा संलग्न व्यक्तिहरुको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

थप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, सांसद तथा पूर्वप्रशासकसहित ५ हजार ६ सयभन्दा बढी व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। उनीहरूलाई जनही १० हजार रुपैयाँका दरले जरिवाना गरिने तयारी रहेको स्रोतले जनाएको छ। कारबाहीको सूचीमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्वमन्त्री शरदसिंह भण्डारी, सांसद सुमना श्रेष्ठ, पूर्वसांसद तोसिमा कार्की तथा पूर्वमन्त्री भगवती चौधरीलगायत रहेका छन्। भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ। तर, ठूलो संख्यामा पदाधिकारी तथा कर्मचारीले विवरण नबुझाएपछि राष्ट्रिय सतर्कता केन्द्रको सिफारिसमा अख्तियारले कारबाही प्रक्रिया अघि बढाएको हो। अख्तियारले जरिवानासँगै…

थप

गोरखा । हिमालय हब एडभेन्चर काठमाडौंका सञ्चालक प्रकाश लामिछाने तथा पुरुषोत्तम रिमाल (पुरु) को समन्वयमा गोरखाको सिद्धदेवी माध्यमिक विद्यालयमा शैक्षिक तथा प्रविधिसम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयलाई २ वटा ल्यापटप, २ वटा आईप्याड, २ वटा आईफोन तथा विभिन्न स्टेशनरी सामग्री हस्तान्तरण गरिएको हो। ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोड्दै अध्ययन–अध्यापनलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित उक्त सहयोग गरिएको बताइएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय प्रशासनले प्राप्त सामग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ। विशेषगरी कम्प्युटर तथा डिजिटल उपकरणको अभाव…

थप

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रा सहित नेपाल एयरलाइन्सका एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बनस्थलीमा बस्दै आएका ५० वर्षीय कमल नारायण विश्वास रहेका छन् । उनी विगत १६ वर्षदेखि नेपाल एयरलाइन्समार्फत त्रिभुवन विमानस्थलमा ग्राउण्ड इक्विपमेन्ट अपरेटरका रूपमा कार्यरत थिए । विमानस्थल प्रहरीका अनुसार विश्वास सोमबार राति साढे ८ बजे बटिक एयरमार्फत भिजिट भिसामा मलेसियाको क्वालालम्पुर प्रस्थान गर्न लागेका थिए । तर, ब्यागेज स्क्रिनिङ तथा शरीर खानतलासीका क्रममा उनको कालो रंगको लगेजभित्र फलामको कराहीमा लुकाइएका विभिन्न देशका मुद्रा फेला परेको…

थप