काठमाडौं । महोत्तरीमा डाँका चोरी गर्न पुगेको समूहको गोली प्रहारबाट दुई जना घाइते भएका छन्।
मंगलबार राति महोत्तरीको सोनमा गाउँपालिका–३ खखनास्थित राम विश्वास यादवको घरमा डाँका चोरी भएको प्रहरीले जनाएको छ। घटनाका क्रममा डाँका समूहले चलाएको गोली लागेर घरधनीका ज्वाईं ईश्वर यादव र छोरी किरण यादव घाइते भएका हुन्।
घाइते दुवै जनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार घटनाबारे प्रहरीलाई बुधबार बिहान जानकारी प्राप्त भएको थियो। घटनामा संलग्न व्यक्तिहरुको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box
