Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नायक सारुक ताम्राकार झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । रातोपुलस्थित आफ्नै घरमा बिहीबार राति उनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) सीताराम रिजालका अनुसार घटनास्थलको प्रकृति हेर्दा उनको मृत्यु शंकास्पद देखिएको छैन् । एसपी रिजालले भने, ‘अहिलेसम्म आत्महत्या नै भन्नेछ । त्यही पनि हामीले थप अनुसन्धान गर्दैछौं ।’ ताम्राकारको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत चलचित्रमा अभिनय गरेका छन् ।
भैरहवा । केही दिनदेखि भैरहवा क्षेत्रमा चोरी, डकैती र लुटपाटबाट आतंकित भइरहेको बेला प्रहरीले यसखालको अपराधमा संलग्न गिरोहमध्येको एक भारतीय महिलालाई पक्राउ गरेको छ । ती महिला पक्राउ परेको स्थलबाट यस्ता अपराधमा प्रयोग हुने विभिन्न औजार र हतियार पनि बरामद भएको दावी प्रहरीको छ । भारत गोरखपुर उत्तर प्रदेशकी ४३ वर्षीया गीता तिवारीलाई प्रहरीले पक्राउ गरि बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । रुपन्देहीका प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले यी महिला सिद्धार्थनगर नगरपालिका–२ स्थित दीपक यादवको घर भाडामा लिइ चोरी, डकैती र लुटपाट गर्ने भारतीय गिरोहमा संलग्न रहेको बताए । ‘यी महिला भारतमा पनि यस्ता अपराधमा संलग्न भएको र…
काठमाडौं । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको आरोपमा थुनामा रहेका ७ जनाले उच्च अदालतमा निवेदन दिएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सांसद आङटावा शेर्पा र डा.इन्द्रजित राईसहित ७ जनाले दिएको निवेदन दिएका हुन् । उनीहरुको निवेदन दर्ता भएको उच्च अदालत पाटनका रजिष्टार ठगिन्द्र कट्टेलले जानकारी दिए । उनीहरुले फौजदारी कार्यविधि संहिता २०७४ को दफा–७३ बमोजिम ‘बेरितको आदेश बदर गरिपाउँ’ भन्दै निवेदन दिएका हुन् । उनीहरुसँगै निवेदन दिनेमा नरेन्द्र केसी, गोविन्दबहादुर चौधरी, सानु भण्डारी, हरिभक्त महर्जन र लक्ष्मी महर्जन छन् । काठमाडौं जिल्ला अदालतका न्यायधीश प्रेमप्रसाद न्यौपानेले असार १ मा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १६…
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले मुख्यमन्त्रीका लागि आजै दाबी पेश गरेका थिए । थापा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता हुन् ।
काठमाडौं । २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । आज राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरेको हो । २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए । जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए । त्यस्तै, जीपीए ३.२० देखि ३.६० सम्म ५५ हजार ६९, २.८० देखि ३.२० सम्म ७२ हजार ३६२, २.४० देखि २.८० सम्म ८९ हजार ३३१ २.०० देखि २.४० सम्म १ लाख २ हजार २९३, १.६० देखि २.००…
काठमाडौं । सार्वजनिक यातायातको साधन (बस)मा सवार यात्रुको रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अुनसन्धान कार्यालयबाट खटिएको प्रहरीले ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–६ घर भइ हाल भक्तपुरको ठिमी बस्ने ३१ वर्षीय सञ्जिव तामाङ, पर्साको ठोरी गाउँपालिका–५ घर भइ काठमाडौंको दक्षिणकाली–५ फर्पिङ बस्ने ३३ वर्षीय आइतमान तामाङ, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भइ ललितपुरको इमाडोल बस्ने २१ वर्षीया सविना तामाङ र ललितपुरको ग्वार्को बस्ने ५८ वर्षीय लक्ष्मी श्रेष्ठ छन्। प्रहरीका अनुसार असार १९ गते (मंगलबार) सार्वजनिक सवारीमा यात्रा गरिरहेका विष्णु अधिकारीको झोलाबाट ललितपुरको ग्वार्कोमा ७ हजार ४७…
काठमाडौ । चर्चित बोल्ड नायिका एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छिन् । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य रहेकी गौतमले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यसबारे घोषणा गरेकी हुन् । गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी गौतम ५ महिनामै राजनीतिबाट सन्न्यास लिएकी हुन् । सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा सँगै उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामको प्रशंसासमेत गरेकी छिन् । उनले लेखेकी छिन्, ‘उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ…
काठमाडौ । बजार अनुगनमनका क्रममा काठमाडौंको हिमालयन कफी पसल कारबाहीमा परेको छ । अनुगमनका क्रममा बत्तिसपुतलीस्थित उक्त कफी पसलामा ‘डेट एक्सपायर’ भएको वस्तु फेला परेपछि कार्वाही गरिएको हो । मेयर बालेन्द्र शाहको निर्देशनमा मंगलबारदेखि सुरु गरिएको बजार अनगुमनको पहिलो दिन नै कफी पसललाई कार्वाही गरिएको हो । महानगरका अनुसार कार्वाहीमा परेको हिमालयन कफी पसलमा उपभोग्य म्याद सकिएको केकजन्य वस्तु फेला परेको थियो । पसलमा भेटिएको म्याज गुज्रिएको वस्तु बरामद गरी कफी पसललाई १० हजार रुपैयाँ जरिवना गरिएको छ ।
काठमाडौ । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए । मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए ।
प्रधानमन्त्रीले के बोल्दा कस्तो असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले के बोल्दा कस्तो असर हुनसक्छ भन्ने हेक्का राख्न नसक्नु प्रधानमन्त्रीको गल्ती भएको बताएका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिका बारेमा टिप्पणी गर्दै उनले ‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो’ भनेका छन् । उनले लेखेका छन्, ‘मित्र राष्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रधानमन्त्री कै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो ।’ प्रधानमन्त्रीले गलत बोल्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको भएको पनि उनले बताएका छन् ।