काठमाडौ । बजार अनुगनमनका क्रममा काठमाडौंको हिमालयन कफी पसल कारबाहीमा परेको छ ।
अनुगमनका क्रममा बत्तिसपुतलीस्थित उक्त कफी पसलामा ‘डेट एक्सपायर’ भएको वस्तु फेला परेपछि कार्वाही गरिएको हो ।
मेयर बालेन्द्र शाहको निर्देशनमा मंगलबारदेखि सुरु गरिएको बजार अनगुमनको पहिलो दिन नै कफी पसललाई कार्वाही गरिएको हो ।
महानगरका अनुसार कार्वाहीमा परेको हिमालयन कफी पसलमा उपभोग्य म्याद सकिएको केकजन्य वस्तु फेला परेको थियो ।
पसलमा भेटिएको म्याज गुज्रिएको वस्तु बरामद गरी कफी पसललाई १० हजार रुपैयाँ जरिवना गरिएको छ ।
Facebook Comments Box
