काठमाडौ । चर्चित बोल्ड नायिका एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छिन् । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य रहेकी गौतमले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यसबारे घोषणा गरेकी हुन् ।
गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी गौतम ५ महिनामै राजनीतिबाट सन्न्यास लिएकी हुन् । सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा सँगै उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामको प्रशंसासमेत गरेकी छिन् ।
उनले लेखेकी छिन्, ‘उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । ’
यसका साथै काठमाडौँका मेयर बालेन साहसँग वृक्षारोपण गर्न पाउँदा निकै खुसी भएको बताएकी छिन् । उनले हर्क साम्पाङको श्रम शिविरका लागि व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेको जानकारी दिइन् ।
