Author: Scoop Khabar

काठमाडौं  । सशस्त्र प्रहरी बलका एक सिपाहीले आज शुक्रबार झुन्डिएर आत्महत्या गरेका छन् ।  आज शुक्रबार कामनपा ८ पशुपती विस्वरुपा जङ्गलमा  नाइलनको डोरिको पासो लगाइ रुखमा झुण्डिएर  मृत अवस्थामा फेला परेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । समीर बस्नेत नाम गरेका उनी २१ बर्षको रहेको र उनको दरबन्दी सशस्त्र प्रहरी बल नम्बर १६ गणमा रहेको समेत खुलेको छ । के कारणले आत्महत्या गरे भन्ने कुरा खुलेको छैन । सशस्त्र प्रहरी बलमा पछिल्लो समय आत्महत्या गर्नेको संख्यामा वृद्धि भैरहेको छ।

थप

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताएका छन् । शुक्रबार दिउँसो सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषदद्वारा आयोजित “आधुनिक सूचना प्रविधिले राष्ट्रिय सुरक्षामा पार्ने प्रभाव” विषयक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । अन्तरक्रियामा प्रधानमन्त्रीले भने, “आजको विज्ञान–प्रविधिको युगमा आधारभूत तहबाट नै डिटिजल साक्षरताको विकास गरी प्रविधिमैत्री ज्ञानका साथै प्रविधिको दुरूपयोगको खतराबाट बच्नसक्ने पर्याप्त सावधानीबारे जानकारी आवश्यक छ।” प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)  नेपालको संविधानमा व्यवस्था भएअनुरुप नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्ने प्रमुख जिम्मेवारी पाएको राष्ट्रिय सुरक्षा…

थप

काठमाडौ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा र व्यवस्थापनसँग सम्बन्धित सबै निकायका प्रमुखहरूसहित  विमानस्थल व्यवस्थापन र सामान निकासी प्रक्रियाबारे आज अनुगमन गरेका छन् ।   उनले विमान अवतरणदेखि यात्रु-कर्मचारीको प्रवेश, तिनीहरूको हाते ब्याग र कार्गो निकासी प्रक्रियासम्मको मिहिन अनुगमन गरेका हुन् । गृह मन्त्रालयका सचिव सहितका उच्च अधिकारीहरू, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, अध्यागमन विभाग र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगायत कार्यालयका प्रमुखहरू गृहमन्त्रीसँगै अनुगमनमा गएका थिए । विमानस्थलको बाटो भएर छिरेको सुन दुईदिनअघि भन्सार पास समेत भएर बाहिरिदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। त्यस प्रकरणले विमानस्थल व्यवस्थापन, सुरक्षा, निकासी…

थप

काठमाडौं । राष्ट्रियसभाका सांसद वामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्या घटाउने कुरा उसको अपमानबाहेक केही हुन नसक्ने तर्क गरेका हुन् । बिहीवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप गर्नुपर्ने प्रस्ताव समेत गरे । त्यसो गरियो भने नेपाली सेनाले आगामी ५ वर्षभित्रमा नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पुर्‍याउने तर्क सांसद गौतमको छ । ‘म ती साथीहरूलाई अनुरोध गर्छु,…

थप

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने बताएका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा सुरक्षा निकायका पूर्व उच्चअधिकारीहरूसँग छलफल गर्दै दोषीलाई छिट्टै कानुनी दायरामा ल्याउने बताएका हुन् । अनुसन्धानलाई गम्भिरतापूर्वक अगाडि बढाउने उनले बताए । ‘अनुसन्धानको बारेमा यो घटना घटे पनि, नघटे पनि जुन घटना हुन्छ । हाम्रो स्टयाण्डबाई निर्देशन छ । प्रधानमन्त्रीको पनि स्टयाण्डबाई निर्देशन छ । जुनसुकै निकायले गर्नुपर्ने भए पनि, जुनसुकै घटना भए पनि निर्दोष नफसून,’ उनले भने । यस्तै उनले सुरक्षा निकायका पूर्व अधिकारीहरुसँग अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा पनि छलफल गरेका छन् ।

थप

काठमाडौं । करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । बिहीबार साँझ थप तीनजना पक्राउ परेसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको हो । राजस्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्ने थप तीनजना कार्गो कम्पनी सञ्चालक हुन् । जसको नाममा सुन आएको थियो, त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागले जनाएको छ । बिहीबार साँझसम्म उक्त सुन प्रकरणमा १० जना पक्राउ परेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । त्यसमध्ये ६ जनालाई बुधबार नै उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।…

थप

काठमाडौं । ओरेन्टल को–अपरेटिभ लिमिटेडमा एक लाख रुपैयाँ भन्दा कम बचत गरेका बचतकर्ताले साउन १५ गतेपछि रकम फिर्ता पाउने भएका छन् ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका एक लाखभन्दा कम बचत भएकालाई साउन १५ गतेसम्म प्रमाणसहित निवेदन पेस गर्न म्याद दिएको छ । ओरेन्टल सहकारीका पाँच सय २८ बचतकर्ताको एक लाखभन्दा कम बचत रहेको अभिलेख समितिको कार्यालयमा रहेको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले बताए । समितिको कार्यालयले साउन १५ गतेपछि एक लाखभन्दा कम बचत फिर्ता गर्ने भएपछि प्रमाण पेस गर्न आउने पीडितको भीड लाग्न थालेको छ । हाल दैनिक एक सय जनासम्म पीडित कार्यालयमा आई प्रमाण बुझाउने गरेको उनले…

थप

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यलयले लेखापालहरुको सरुवा गरेको छ ।  मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले यहि साउन १ गतेबाट लागूहुनेगरि १२१ जना लेखापालहरुको सरुवा गरेको हो ।   हेर्नुहोस् को कहाँ पुगे ? 

थप

काठमाडौ । बुधवार राती बरामद करिब १०० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदाममा पाँच दिनसम्म होल्ड गरेर राखिएको खुलेको छ । सबै सेटिङ मिलेपछि बुधवार ६३ हजार रुपैयाँ भन्सार बुझाएर जाँचपास गराई भन्सारको गेटबाट बाहिर लगिरहेको अवस्थामा राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको हो । स्रोतकाअनुसार बरामद गरिएको सुन गत असार २९ गते नै हङकङबाट काठमाडौं आएको थियो । त्यसपछि सिनामंगलस्थित नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडको गोदाममा भण्डारण गरेर राखिएको थियो । १६० पीस ब्रेकप्याडको भन्सार शुल्क ६३ हजार रुपैयाँ रेडी ट्रेड प्रालिका सञ्चालक दिलिप भुजेलले बुझाएपछि सुन बुधवार छाडिएको हो । बुधवार नै उक्त ब्रेकप्याड…

थप

काठमाडौ । नेपालमा पछिल्लो समय क्विन्टलका क्विन्टल सुन तस्करी हुन थालेको खुलेको छ । बुधवार राति १०० केजी सुन ‘ब्रेक सु’ मा लुकाएर ल्याइएकोमा बरामद भएपछि तस्करीको जालोबारे खुल्न थालेको हो । हङकङबाट आएको सुन राजधानीको एक फमका नाममा थियो । सुन तस्करीमा चिनियाँ नागरिक मुख्य नाइके रहेको विश्वस्त स्रोतले बताएको छ । संगठित गिरोहले उक्त सुन तस्करी गरेको बताइएको छ । सुन तस्करीमा विभिन्न पार्टीका उच्च तहका नेता, कर्मचारी र प्रहरीसमेतको मिलेमतो हुनसक्ने अनुमान गरिएको छ । घटना खुले ठूलै पहिरो जाने भएकाले अनुसन्धानलाई माथिसम्म पुग्न नदिने चलखेल हुन थालेको स्रोत बताउँछ । हङकङबाट तस्करले सुन ल्याए पनि यसमा…

थप