काठमाडौं । सशस्त्र प्रहरी बलका एक सिपाहीले आज शुक्रबार झुन्डिएर आत्महत्या गरेका छन् ।
आज शुक्रबार कामनपा ८ पशुपती विस्वरुपा जङ्गलमा नाइलनको डोरिको पासो लगाइ रुखमा झुण्डिएर मृत अवस्थामा फेला परेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।
समीर बस्नेत नाम गरेका उनी २१ बर्षको रहेको र उनको दरबन्दी सशस्त्र प्रहरी बल नम्बर १६ गणमा रहेको समेत खुलेको छ ।
के कारणले आत्महत्या गरे भन्ने कुरा खुलेको छैन ।
सशस्त्र प्रहरी बलमा पछिल्लो समय आत्महत्या गर्नेको संख्यामा वृद्धि भैरहेको छ।
Facebook Comments Box
