Author: Scoop Khabar

काठमाडौं । २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । आज राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशन गर्ने निर्णयको धारमा नतिजा सार्वजनिक गरेको हो । २२ हजार ४७५ विद्यार्थीले ए प्लस जीपीए अंक ल्याएको परीक्षा नियन्त्रक विष्णुनारायण शर्माले जानकारी दिए । जुन गत वर्षको भन्दा ४.६३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए । त्यस्तै, जीपीए ३.२० देखि ३.६० सम्म ५५ हजार ६९, २.८० देखि ३.२० सम्म ७२ हजार ३६२, २.४० देखि २.८० सम्म ८९ हजार ३३१ २.०० देखि २.४० सम्म १ लाख २ हजार २९३, १.६० देखि २.००…

थप

काठमाडौं । सार्वजनिक यातायातको साधन (बस)मा सवार यात्रुको रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अुनसन्धान कार्यालयबाट खटिएको प्रहरीले ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–६ घर भइ हाल भक्तपुरको ठिमी बस्ने ३१ वर्षीय सञ्जिव तामाङ, पर्साको ठोरी गाउँपालिका–५ घर भइ काठमाडौंको दक्षिणकाली–५ फर्पिङ बस्ने ३३ वर्षीय आइतमान तामाङ, सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भइ ललितपुरको इमाडोल बस्ने २१ वर्षीया सविना तामाङ र ललितपुरको ग्वार्को बस्ने ५८ वर्षीय लक्ष्मी श्रेष्ठ छन्। प्रहरीका अनुसार असार १९ गते (मंगलबार) सार्वजनिक सवारीमा यात्रा गरिरहेका विष्णु अधिकारीको झोलाबाट ललितपुरको ग्वार्कोमा ७ हजार ४७…

थप

काठमाडौ । चर्चित बोल्ड नायिका एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छिन् । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य रहेकी गौतमले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यसबारे घोषणा गरेकी हुन् ।  गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी गौतम ५ महिनामै राजनीतिबाट सन्न्यास लिएकी हुन् । सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा सँगै उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामको प्रशंसासमेत गरेकी छिन् । उनले लेखेकी छिन्, ‘उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ…

थप

काठमाडौ । बजार अनुगनमनका क्रममा काठमाडौंको हिमालयन कफी पसल कारबाहीमा परेको छ । अनुगमनका क्रममा बत्तिसपुतलीस्थित उक्त कफी पसलामा ‘डेट एक्सपायर’ भएको वस्तु फेला परेपछि कार्वाही गरिएको हो । मेयर बालेन्द्र शाहको निर्देशनमा मंगलबारदेखि सुरु गरिएको बजार अनगुमनको पहिलो दिन नै कफी पसललाई कार्वाही गरिएको हो । महानगरका अनुसार कार्वाहीमा परेको हिमालयन कफी पसलमा उपभोग्य म्याद सकिएको केकजन्य वस्तु फेला परेको थियो । पसलमा भेटिएको म्याज गुज्रिएको वस्तु बरामद गरी कफी पसललाई १० हजार रुपैयाँ जरिवना गरिएको छ ।

थप

काठमाडौ । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए । मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअ आर्चायले बताए ।

थप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले के बोल्दा कस्तो असर हुनसक्छ भन्ने हेक्का राख्न नसक्नु प्रधानमन्त्रीको गल्ती भएको बताएका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिका बारेमा टिप्पणी गर्दै उनले ‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो’ भनेका छन् । उनले लेखेका छन्, ‘मित्र राष्ट्रहरूलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलतः प्रधानमन्त्री कै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो ।’ प्रधानमन्त्रीले गलत बोल्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको भएको पनि उनले बताएका छन् ।

थप

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू भारत भ्रमणमा निस्कँदै छन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको निमन्त्रणामा उनीहरू भ्रमणमा जान लागेका हुन । भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिएका छन् । भाजपा विदेश विभाग द्वारा आयोजित ‘Know BJP initiatives’ कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष नड्डाले आफ्नो पार्टीको निमन्त्रणमा निकट भविष्यमै माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने बताएका हुन् । विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले भारतमा बोलाएर पार्टीको गतिविधि बारे जानकारी गराउँदै आएकमो छ । नड्डाले भनेका छन्, ‘विभिन्न…

थप

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितलाई न्याय नदिलाई विश्राम नलिने अठोट गरेका छन् । प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विद्येयक पारित हुन नदिएको भन्दै आक्रोश व्यक्त गर्र्द मन्त्री श्रेष्ठले यसबाट को पीडित जनताको पक्षमा र को विपक्षमा रहेको छ भन्ने स्पष्ट भएको समेत बताएका छन् । बुधवार साँझ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गृहमन्त्री श्रेष्ठले आफू यसबाट धेरै आहत भएको र पीडितलाई न्याय नदिलाई विश्राम नलिने अठोट समेत गरेका हुन् । ‘आज प्रतिनिधिसभाबाट मिटरब्याज सम्बन्धी बिधेयक पारित हुनुपर्थ्यो । तर गरिएन । आजैदेखि यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्कृय भएको छ। यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ…

थप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धुर्त्याइँले नेपाली राजनीति विवादास्पद बनेको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले प्रधानमन्त्री प्रचण्डमाथि सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन् भन्ने आरोप लगाएका हुन् । मंगलबार एक पुस्तक कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताएका थिए । सोही विषयलाई लिएर महासचिव पोखरेलले प्रचण्डको भनाइ हदैसम्मको नकचरोपन भएको बताएका छन् । उनले लेखेका छन्, ‘प्रचण्डजीको धुर्त्याइँले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै सन्देह नै छैन । उनी सत्ता र शक्तिका लागि जे पनि गर्न सक्दछन्…

थप

एजेन्सी – आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप क्रिकेटमा ८ वर्षपछि एक एसोसिएट टोलीको सहभागीता हुने पक्का भएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटबाट चार मध्य तीन टेस्ट टोली बाहिरिएपछि एक एसोसिएट टोलीको स्थान पक्का भएको हो । नेदरल्यान्ड्स र स्कटल्यान्ड मध्य एक टोली विश्वकप खेल्नेछन् । बिहीबार स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । यदि उक्त खेलमा स्कटल्यान्ड विजयी भएमा ८ अंकका साथ सोझै विश्वकप खेल्नेछ । तर स्कटल्यान्ड पराजित भएको खण्डमा दुबै टोलीको समान ६ अंक हुनेछ । यो अवस्थामा नेदरल्यान्ड्स र स्कटल्यान्डको नेटरनरेट हेरिनेछ । नेदरल्यान्ड्सको नेटरनरेट माइनस ०.०४२ र स्कटल्यान्डको प्लस ०.२९६ छ । नेदरल्यान्ड्स विश्वकप…

थप