काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू भारत भ्रमणमा निस्कँदै छन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको निमन्त्रणामा उनीहरू भ्रमणमा जान लागेका हुन ।
भाजपा अध्यक्ष जे पी नड्डाले पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउन लागेको जानकारी दिएका छन् ।
भाजपा विदेश विभाग द्वारा आयोजित ‘Know BJP initiatives’ कार्यक्रममा बोल्दै भाजपा अध्यक्ष नड्डाले आफ्नो पार्टीको निमन्त्रणमा निकट भविष्यमै माओवादी केन्द्रका शीर्ष नेताहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा आउने बताएका हुन् ।
विभिन्न देशका राजनीतिक दलका नेताहरूलाई भाजपाले भारतमा बोलाएर पार्टीको गतिविधि बारे जानकारी गराउँदै आएकमो छ ।
नड्डाले भनेका छन्, ‘विभिन्न देशका राजनीतिक पार्टीहरूसँग आफ्नो सम्बन्ध बढाउने उद्देश्यका साथ हामीले विभिन्न देशका राजनीतिक दलहरूको प्रतिनिधिहरूलाई यहाँ भारतमा बोलाउने गरेका छौँ र हाम्रा पार्टीका प्रतिनिधिहरू विभिन्न देशहरूमा जाने गरेका छन् ।’

