Author: Scoop Khabar

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कलाकारले अर्को कलाकारलाई सम्मान गर्ने कुरा परम्पराका रूपमा विकास हुनुपर्ने बताए । अभिनेता किरण केसीको जन्मदिनमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले सरकारबाट पाउने सम्मान भन्दा एउटा कलाकारले अर्को कलकारलाई दिएको सम्मान आफ्नो लागि महत्त्वपूर्ण रहेको बताए । उनले सरकारको फारम भरेर, फोटो टाँसेर पाएको सम्मान भन्दा आत्मीय सम्मान ठुलो कुरा भएको बताए । उनले बाहिर बसेका मानिसलाई व्यङ्ग्य गरेर कुनै फाइदा नभएको पनि उल्लेख गरे । त्यस्तै कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले जन्मदिनमा एकले अर्को कलाकारलाई सम्मान गर्ने कुराले जन्मदिन नेपाली कलाकारका लागि चाडको रूपमा परिवर्तन हुँदै गएकोले सबैले अनुशरण गर्नुपर्ने जिकिर गरे…

थप