एजेन्सी । फ्रान्स फुटबलले प्रदान गर्ने बालोन डी’ओर’ अर्जेन्टिनी कप्तान लियोनल मेसीले जितेका छन् । मंगलबार पेरिसमा आयोजित अवार्ड घोषणा समारोहमा मेसी विजेता चुनिएका हुन् ।
हरेक वर्ष प्रदान गरिने यो अवार्ड वर्षको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिने गरिएको छ । गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकपको उपाधि मेसीकै कप्तानीमा अर्जेन्टिनाले जितेको थियो ।
अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाउन सफल मेसी प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिएका थिए । उनले विश्वकपमा कुल सात गोल गरेका थिए ।
Facebook Comments Box
