काठमाडौं । (नेकपा) एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
मंगलबार एनआरएनएको कार्यालयमा पत्रकारलाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक प्रहरी अधिकृतका अनुसार बेल्जियममा बसेर पत्रकारिता गर्दै आएका ओम शर्माले बस्नेतविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएका हुन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।
Facebook Comments Box
