काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत वरिष्ठ हवल्दार नारायणबहादुर कार्कीको निधन भएको छ ।
शुक्रबार राति डिउटी गरिरहेकै बेला एक्कासी उनी ढलेका थिए । राति नै उपचारका निम्ति उनलाई महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा लगिएको थियो । तर अस्पतालमा चिकित्सकले मृत घोषित गरे ।
शनिबार कार्कीको अन्त्येष्टि गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ । परिसरले एक शोक विज्ञप्ति जारी गर्दै कार्कीको अन्त्येष्टि गरिएको जानकारी दिएको छ ।
‘जिल्ला प्रहरी परिसर, काठमाडौंको कार्यक्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आउनुभएका उहाँ एक इमानदार, कर्तव्यनिष्ठ एंव कुशल प्रहरी कर्मचारी हुनुहुन्थ्यो,’ परिसरको शोक विज्ञप्तिमा उल्लेख छ, ‘उहाँको असामयिक निधनबाट नेपाल प्रहरी संगठनलाई र जिल्ला प्रहरी परिसर, काठमाडौं परिवारलाई अपूरणीय क्षति पुगेको छ ।’
