Author: Scoop Khabar

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितहरुको अवस्था बुझ्न जाजरकोट पुगेका छन् । शनिबार बिहान नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरबाट जाजरकोट पुगेका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लाको अवस्थाबारे ब्रिफिङ गरेका छन् । त्यसपछि प्रधानमन्त्री प्रचण्ड स्थलगत अनुगमनमा निस्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गएराति ११ बजेर ४९ मिनेट जाँदा जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट पश्चिम रुकुममा गरी १२८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

थप

काठमाडौं । कालीमाटीको सोल्टीमोड चोक नजिकै सडक किनारको एक बिजुलीको पोलमा ‘विनोद रेष्ट इन पिस’ लेखेर टाँसिएको कागज भेटिएको छ । लगत्तै घटनास्थलमा प्रहरी वृत्त, कालीमाटीका प्रमुख नायब उपरीक्षक (डिएसपी) नरहरि अधिकारी पुगिसकेका छन् । उनले नजिकै एउटा शव भेटिएको बताए । दरबार बैंक्वेटको गेट अगाडि उक्त शव भेटिएको प्रहरीले जनाएको छ । शव भेटिएको नजिकै रहेको बिजुलीको पोलमा ‘विनोद रेष्ट इन पिस’ लेखिएको पाइएको हो । त्यसैले उक्त शव विनोद नामको व्यक्तिको हुनसक्ने अनुमान छ । घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीका अनुसार उक्त शव नेपाली सेनाको कर्मचारीको रहेको खुलेको छ । तर, काठमाडौं प्रहरीले उक्त कुरा पुष्टि गरेको छैन…

थप

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले उक्त जानकारी दिएका हुन् । त्यस्तै, डिएसपी थापाका अनुसार पश्चिम रुकुममा ३६ जनाको मृत्यु भएको छ । बिहान ७ः१५ बजेसम्म जाजरकोट र पश्चिम रुकुममा गरी १२८ जनाको भूकम्पमा परेर ज्यान गएको डिएसपी थापाले बताए । त्यस्तै भूकम्पमा परेर जाजरकोटमा ७० जना र पश्चिम रुकुममा ८५ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको डिएसपी थापा बताउँछन् । भूकम्पले आश्रिम गुल्म जाजरकोटमा आशिंक क्षति समेत पुर्याएको छ । सोही गुल्म जाजरकोटबाट…

थप

काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिए । ‘उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै उहाँको मृत्यु भएको हो,’ डिएसपी रोकाले भने । सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।

थप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आाज बिहान औषधि र स्वास्थ्यकर्मीको टोली लिएर जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गएराति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएपछि घाइतेहरुको खोज, उद्वार तथा उपचार व्यवस्थाका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्यकर्मीको टिम प्रभावित क्षेत्रमा जान लागेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले गएराति देखिनै सुरक्षा निकाय र प्रशासन मार्फत भूकम्प प्रभावित क्षेत्रको अपडेट लिएर आवश्यक निर्देशन दिदै आएका छन् । बिहानैदेखि घाइतेहरुको खोज तथा उद्वार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा ३ हेलिकप्टर र एक स्काईट्रक सल्ले र चौरजहारी विमानस्थल वेस बनाई परिचालन…

थप

काठमाडौं । ललितपुरको भैंसेपाटीमा दसैंमा जुवा खेल्दा करिब ७० लाख रुपैयाँ हारेका एक युवक आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । उदयपुर स्थायी घर भई भैंसेपाटी बस्दै आएका हरिबहादुर थापा बिहीबार मृत भेटिएका हुन् । बन्द कोठाभित्र सलमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको छ । पारिवारिक स्रोतका अनुसार जुवामा उनले लाखौं रुपैयाँ गुमाएका थिए । जसकारण उनको श्रीमतीसँग पनि राम्रो सम्बन्ध थिएन । श्रीमतीलाई कुटपिट गरेको विषयमा पटक–पटक प्रहरीमा उजुरी परेको थियो । उनको ससुराली पक्षले डिभोर्स गराउने तयारी गरेको समेत बुझिएको छ । आर्थिक तथा पारिवारीक तनावमा उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । यद्यपि उनका परिवारले भने ससुराली…

थप

काठमाडौं । तस्करीको ६० किलो सुन प्रकरणका मुख्य योजनाकार मानिएका दावा छिरिङको नेपाली नागरिकता रद्द भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले झुटा विवरण पेस गरी निमा तामाङको नाममा काभ्रेपलाञ्चोकबाट लिएको नेपाली नागरिकता रद्द गरेको हो । छिरिङले २० पुस २०७४ मा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ठेगाना राखी नेपाली नागरिकता बनाएका थिए । तिब्बती मूलका उनीसँग पछिल्लो समय बेल्जियमको नागरिकता र पासपोर्ट छ । नेपाली महिलासँग बिहे गरी उनी लामो समयदेखि नेपालमा बस्दै आएका थिए । उनले सुन तस्करी, हुन्डीलगायत आपराधिक गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ। सुन तस्करी मुद्दामा हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।

थप

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकारबाट बाहिरिने बताएको छ । मुख्यमन्त्री केदार कार्कीले सत्तारुढ गठबन्धन दल नेकपा माओवादी केन्द्र र जनता समानवादी पार्टीलाई सरकारमा सहभागि गराएका कारण एमालेले सरकार छाड्ने बताएको हो । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले सरकारबाट बाहिरिने बताए । यसको औपचारिक निर्णय भने सोमबार गर्ने बताइएको छ । सोमबार प्रदेशसभाको बैठक बस्दैछ । बैठकअघि बस्ने पार्टीको संसदीय दलको बैठकबाट निर्णय गरेर बाहिरिने उनको भनाइ छ । २७ असोजमा कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेका कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । २८ असोजमा सरकार विस्तार गर्दा उनले एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त…

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुशी व्यक्त गरेका छन् । बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई डीएल मेथडमा ९ रनले हराएपछि नेपाल विश्वकप छनोट चरणमा पुगेको हो । खेल सकिएको केहीबेरपछि नेपाल प्रहरीको आधिकारीक फेसबुक पेजमार्फत आईजीपी कुँवरले खुशी व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिएका हुन् । ‘ICC MEN’S T20 WORLD CUP 2024′ मा छनौट हुन सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई एवंम् आगामी दिनहरुमा थप सफलताको शुभकामना,’ आईजीपी कुँवरले लेखेका छन् । नेपाल दोस्रोपटक विश्वकपमा छनोट भएको हो ।यसअघि नेपालले सन् २०१४…

थप

काठमाडौं । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ । शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चौकुने गाउँपालिका-७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले जानकारी दिए । उनीहरू चढेको मोटरसाइकललाई पछाडिबाट मालबाहक ट्रकले ठक्कर दिएको थियो । आफन्तले मृतकहरुको शव बुझ्ने तयारी गरेको अध्यक्ष विश्वकर्माले बताए ।

थप