काठमाडौं । कालीमाटीको सोल्टीमोड चोक नजिकै सडक किनारको एक बिजुलीको पोलमा ‘विनोद रेष्ट इन पिस’ लेखेर टाँसिएको कागज भेटिएको छ ।
लगत्तै घटनास्थलमा प्रहरी वृत्त, कालीमाटीका प्रमुख नायब उपरीक्षक (डिएसपी) नरहरि अधिकारी पुगिसकेका छन् । उनले नजिकै एउटा शव भेटिएको बताए ।
दरबार बैंक्वेटको गेट अगाडि उक्त शव भेटिएको प्रहरीले जनाएको छ । शव भेटिएको नजिकै रहेको बिजुलीको पोलमा ‘विनोद रेष्ट इन पिस’ लेखिएको पाइएको हो ।
त्यसैले उक्त शव विनोद नामको व्यक्तिको हुनसक्ने अनुमान छ । घटनास्थलमा पुगेका एक प्रहरी अधिकारीका अनुसार उक्त शव नेपाली सेनाको कर्मचारीको रहेको खुलेको छ । तर, काठमाडौं प्रहरीले उक्त कुरा पुष्टि गरेको छैन ।
हत्या गरेर शव त्यहाँ फालेपछि उक्त कागजमा ‘विनोद रेष्ट इन पिस’ लेखेर टाँसिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
