काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा खुशी व्यक्त गरेका छन् ।
बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको खेलमा युएईलाई डीएल मेथडमा ९ रनले हराएपछि नेपाल विश्वकप छनोट चरणमा पुगेको हो ।
खेल सकिएको केहीबेरपछि नेपाल प्रहरीको आधिकारीक फेसबुक पेजमार्फत आईजीपी कुँवरले खुशी व्यक्त गर्दै खेलाडीहरुलाई बधाई दिएका हुन् ।
‘ICC MEN’S T20 WORLD CUP 2024′ मा छनौट हुन सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई एवंम् आगामी दिनहरुमा थप सफलताको शुभकामना,’ आईजीपी कुँवरले लेखेका छन् ।
नेपाल दोस्रोपटक विश्वकपमा छनोट भएको हो ।यसअघि नेपालले सन् २०१४ को टी–२० विश्वकप खेलेको थियो ।

Facebook Comments Box
