काठमाडौं । तस्करीको ६० किलो सुन प्रकरणका मुख्य योजनाकार मानिएका दावा छिरिङको नेपाली नागरिकता रद्द भएको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले झुटा विवरण पेस गरी निमा तामाङको नाममा काभ्रेपलाञ्चोकबाट लिएको नेपाली नागरिकता रद्द गरेको हो ।
छिरिङले २० पुस २०७४ मा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ठेगाना राखी नेपाली नागरिकता बनाएका थिए ।
तिब्बती मूलका उनीसँग पछिल्लो समय बेल्जियमको नागरिकता र पासपोर्ट छ । नेपाली महिलासँग बिहे गरी उनी लामो समयदेखि नेपालमा बस्दै आएका थिए ।
उनले सुन तस्करी, हुन्डीलगायत आपराधिक गतिविधि गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ। सुन तस्करी मुद्दामा हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।
Facebook Comments Box
