काठमाडौं । ललितपुरको भैंसेपाटीमा दसैंमा जुवा खेल्दा करिब ७० लाख रुपैयाँ हारेका एक युवक आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।
उदयपुर स्थायी घर भई भैंसेपाटी बस्दै आएका हरिबहादुर थापा बिहीबार मृत भेटिएका हुन् । बन्द कोठाभित्र सलमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको छ ।
पारिवारिक स्रोतका अनुसार जुवामा उनले लाखौं रुपैयाँ गुमाएका थिए । जसकारण उनको श्रीमतीसँग पनि राम्रो सम्बन्ध थिएन । श्रीमतीलाई कुटपिट गरेको विषयमा पटक–पटक प्रहरीमा उजुरी परेको थियो ।
उनको ससुराली पक्षले डिभोर्स गराउने तयारी गरेको समेत बुझिएको छ । आर्थिक तथा पारिवारीक तनावमा उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ ।
यद्यपि उनका परिवारले भने ससुराली पक्षले यातना दिएको आरोप लगाएका छन् ।
Facebook Comments Box
