Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका छन् । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष राउतबीच भेटवार्ता भएको थियो । भेटमा जनमत पार्टीको सरकारमा सहभागिताको विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डसँगको छलफल सकारात्मक भएको भन्दै अध्यक्ष राउतले पार्टीका नेताहरुलाई ब्रिफिङ गरेको नेताहरुले पनि बताएका छन् ।यद्यपि जनमत पार्टीले अहिले केहि निर्णय गरेको छैन । तर, जनमत पार्टीले बजेटको विपक्षमा मतदान गरेको थियो ।
रौतहट । मधेस प्रदेशमा उत्कृष्ट हुने एक जना ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) सँगै तीन जना प्रहरी नगद पुरस्कारसहित कदरपत्रबाट सम्मानित भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटकी प्रमुख इन्स्पेक्टर विमला कुमारी कठायत, प्रदेश ट्राफिक प्रमुख कार्यालय पथलैयामा कार्यरत असई दीपक कुमार बस्नेत र ट्राफिक प्रहरी पर्सामा कार्यरत सहायक हवलदार राजकुमार कलवार सम्मानित भएका हुन् । ढल्केवरस्थित शनिबार एक समारोहबीच नाडाका अध्यक्ष डाक्टर ध्रुव थापा, अटमोवाईलस एसोसिएसन नेपालका अध्यक्ष केदार अग्रवाल र मधेस प्रदेश ट्राफिक प्रमुख एसपी सन्तोष कुमार भट्टराईले संयुक्त रूपमा १० हजार नगदसहित कदर पत्रबाट उनीहरूलाई सम्मानित गरिएको थियो । इन्स्पेक्टर कठायतलगायत तीनै जनाले ट्राफिक सेवामा रही पुर्याएको…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले(माओवादीबीचको एकता बचाउन नसकिएको भन्दै अब कमजोरीको समीक्षासहित नेकपातिरै फर्कने जमर्को गर्नुपर्ने बताएका छन् । कम्युनिष्ट पार्टीका संस्थापक स्व नारायणविलास जोशीको ३४ औं स्मृति दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सँगै राखेर कमजोरीको समीक्षा गर्दै नेकपातिरै फर्कने कोशिस गर्नुपर्ने बताएका हुन् । उनले आफू र एमाले अध्यक्ष केपी ओली मिलेपछि धेरैलाई भय पैदा भएपनि एकता जोगाउन नसकिएको भन्दै दुखेसो पोखे । विश्वभरकै कम्युनिष्ट आन्दोलनको इतिहासमा एकता, संघर्ष विभाजनबाट गुर्जिदै अगाडि बढेको उदाहरण दिँदै फेरि एकपटक एकता गर्न सबैले चिन्तन गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले हिजोको दिनमा कम्युनिष्ट आन्दोलन बचाउन नसक्नुको…
काठमाडौं । संसदीय मामिला पत्रकार समाजको नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको आठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । पत्रकार समाजको नयाँ नेतृत्व अन्तर्गत अध्यक्षमा मनोज सत्याल निर्वाचित भएका छन् । विष्णु क्षेत्री र तुलसी सापकोटालाई पराजित गर्दै सत्याल निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा किरण दहाल र सिर्जना घिमिरे निर्वाचित भएका छन् । महासचिवमा जयसिंह महरा निर्वाचित भएका छन् भने सचिवमा गुञ्जनराज गिरी र सविता शर्मा निर्वाचित भएका छन् । कोषाध्यक्षमा अमुल थापा निर्वाचित भएका छन् भने सदस्यहरुमा कमलराज भट्ट, रोमन आचार्य, शीला तिमिल्सिना, मीरा बस्नेत, अन्जन लामिछाने, राजु थापा, विनोद कटुवाल र रघुनाथ बजगाईं निर्वाचित…
काठमाडौं । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर चितवनले मुग्लिन–नारायणगढ सडकमा गएको पहिरो पन्छाउन अझै ४ घण्टा लाग्ने बताएको छ । कार्यालय प्रमुख प्रहरी उपरक्षिक (एसपी) रवि पौडेलले मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइन खोलाको पहिरो पन्छाउन अझै ४ घन्टा लाग्ने बताएका हुन् । गएराति ११ बजे पहिरो खसेपछि अवरूद्ध भएको सडक खुलाउन चारवटा स्काभेटर परिचालन गरिएको एसपी पौडेलले बताए । ‘अहिलेपनि माथिबाट ठुल्ठूला ढुंगा झर्ने क्रम नरोकिएकाले सवारी आवागमन चलाउन अझै केही घण्टा समय लाग्ने भएको छ,’ एसपी पौडेलले भने, ‘बिहानैदेखि स्काभेटर प्रयोग गरिएको भए पनि पहिरो पन्छाउन सकिएको छैन ।’ शनिबार दिउँसो पनि पहिरो पन्छाएर गाडीहरू आवतजावत…
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले एमाले चौतर्फी घेराबन्दीमा रहेको बताएका छन् । एमाले नेतृत्वको सरकारको पालामा चुच्चे नक्साको मुद्दा उठाए वापत् अहिले एमाले घेराबन्दीमा परेको पोखरेलले बताए । आइतबार धादिङ जिल्लाको प्रथम जिल्ला परिषद्को उद्घाटन गर्दै पोखरेलले एमालेलाई अहिले चारैतिरबाट घेराबन्दी गरिएको बताए । उनले अहिले एमालेलाई घेराबन्दी गरेपनि २०८४ को निर्वाचनपछि भने एमाले पहिलो शक्ति बन्ने उनको दाबी छ । एमाले देशको पहिलो शक्ति बन्दा मात्र देशको रक्षा हुने उनले बताए । पोखरेलले प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायब बनाइएको बताए । उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र…
काठमाडौं । जिल्ला प्रहरी कार्यालय जुम्लाले ‘लागूऔषध विरुद्ध विशेष अभियान’ सुरु गरेको छ । समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजना तथा विभिन्न संघ संस्थाको सहयोगमा उक्त अभियानको सुरुवात भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जिल्लामा बढ्दै गएको लागूऔषध दुर्व्यसनीलाई रोक्नको लागि सबै सरोकारवाला पक्षहरूले समन्वयात्मक ढंगबाट काम गर्नुपर्नेमा जोड दिए । लागूऔषध सम्बन्धि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, सिमा नाकाहरूमा चेकजाँचमा कडाई गर्नुपर्ने र समय समयमा यस्ता अभियानहरू सञ्चालन गर्दा सकारात्मक सन्देश जाने उनले बताए । उक्त अभियान दुई हप्तासम्म चल्नेछ । अभियानमा विभिन्न र्याली स्थानीय झाँकी र ब्यानर पर्दशन, ‘लागूऔषध दुर्व्यसनमा लाग्ने…
काठमाडौं । श्री एयरलाइन्सले आज आइतबारका लागि निर्धारित सबै उडान स्थगित गरेको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले प्रेस नोट जारी गर्दै आजका सबै उडान स्थगित गरिएको जानकारी दिएका हुन् । उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ । सोमबारदेखि सबै उडान सञ्चालन गरिनेछन् । शनिवार काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौं नै फिर्ता ल्याई अवतरण गरिएको घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्न लागेको हो ।
काठमाडौं । आज नेपालले संयुक्त अरब इमिरेटस (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा हुने सो खेल अपरान्ह १२ः४५ मा सुरु हुनेछ । यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन् ।
चितवन । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिदो परिवेश तथा चुनौतिलाई सामना गर्न आफ्नो जिम्मेवारी र उत्तरदायित्वप्रति कटिवद्ध भई निष्पक्ष रूपमा नागरिक सेवामा लाग्नुपर्ने बताएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा कार्यरत प्रहरी कर्मचारीहरू लगायत सम्पूर्ण प्रशिक्षकलाई शनिबार निर्देशन दिँदै आईजीपी कुँवरले हरेक कमाण्डर सबै भन्दा पहिले आफै नमूनाको रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । प्रहरी कर्मचारीहरूमा निहित सिप र अनुभव तथा जिम्मेवारीलाई गुणस्तरिय रूपमा सम्पादन गर्दा नै संगठनको श्रीबृद्धि हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘व्यावसायिक स्वार्थका लागि निष्ठा, दृढता र सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने आजको आवश्यकता र…