काठमाडौं । नेपाल आयल निगमले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ ।
निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको खर्च बेहोर्ने घोषणा गरेको हो ।
निगमले सो खर्च आफ्नो आर्थिक वर्ष २०८०/८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट बेहोर्ने निर्णय भएको जनाएको छ ।
गएराती करिब ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट जिल्ला केन्द्र बिन्दु भई विनाशकारी भूकम्प गएको र उक्त भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लाहरूमा समेत ठुलो जनधनको क्षति हुन पुगेको छ ।
Facebook Comments Box
