कैलाली । शनिबार राति धनगढीमा मदिरा सेवन गरेर प्रहरीमाथि कुटपिट भएको छ । धनगढीको राजपुर चोकमा मोटरसाइकल चेकजाँचका क्रममा भएको विवादमा खडक कुँवरसहितका दुई जनाले प्रहरीमाथि कुटपिट गरेका हुन् ।
प्रहरीले कुटपिट गरेको अभियोगमा उनीहरु दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार खसीको कारोबार गर्दै आएका उनीहरूले राजपुर चोकमा प्रहरीमाथि कुटपिट गरेका हुन् ।
उनीहरुले प्रहरी सहायक निरीक्षक (असई) बहादुरसिंह ऐरीसहितका प्रहरीमाथि हातपात गर्दै कुटपिट गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ
Facebook Comments Box
