काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिका लागि आज आइतबार नेपाल र ओमान भिड्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।
फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान पक्का गरेका छन् । नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।
यस्तै, ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो ।
नेपालले समूह चरणमा ओमानसँग ५ रनले पराजित भएको थियो । सोही हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यका साथ नेपाल मैदान उत्रिनेछ ।
Facebook Comments Box
