Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले ‘मिसन ८४’ ले देश नबन्ने टिप्पणी गरेका छन् । बुधबार साँझ उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । रास्वपा र पुराना दलहरूले मिसन ८४ भनिरहेका बेला बालेनले उनीहरू सक्किए मात्र देश बन्ने बताएका हुन् । उनले लेखेका छन्, ‘देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन, तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२ सदस्यीय सचिवालय समिति बनाएको छ । सभापति रवि लामिछानेको नेतृत्वमा बनेको सचिवालयमा थपिएकासहित सबै पदाधिकारी राखिएको छ । बुधबारको बैठकले रास्वपाले स्वर्णिम वाग्लेलाई उपसभापति, सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री बनाएको छ । कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषाध्यक्षमा दीपक बोहोरालाई थप गरिएको छ । सचिवालयमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारलाई पनि समेटिएको छ । यस्तो छ रास्वपाको सचिवालय१. सभापति – रवि लामिछाने२. उपसभापति – डीपी अर्याल३. उपसभापति – डा. स्वर्णिम वाग्ले४. महामन्त्री – डा. मुकुल ढकाल५. सहमहामन्त्री – कबिन्द्र बुर्लाकोटी६. सहमहामन्त्री – सुमना श्रेष्ठ७. सहमहामन्त्री – विपिन…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. स्वर्णिम वाग्लेलाई उपसभापतिसहित केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनलाई उपसभापतिसहित केन्द्रीय सदस्य बनाएको हो । पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ सङ्गठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । वाग्ले सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालपछिको वरीयतामा रहने भएका छन् । आजै गठन गरिएको केन्द्रीय सचिवालयमा उनलाई तेस्रो बरीयतामा राखिएको छ । वाग्ले यसअघि नेपाली कांग्रेसमा आबद्ध थिए । गत संघीय निर्वाचनमा टिकट नपाएपछि विद्रोह गरेर उपनिर्वाचनमा रास्वपा प्रवेश गरेका हुन् । रास्वपाबाटै…
काठमाडौं । मुगुमा गत १० कात्तिकमा भएको एकै परिवारको सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गर्ने १३ जना प्रहरीलाई सम्मान गरिएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) बुद्धि प्रसाद सुवेदी, प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) नारायण प्रसाद शर्मालगायत १३ जनालाई सफल अनुसन्धान गरेको भन्दै सम्मान गरिएको हो । सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गरेको भन्दै कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) भिम प्रसाद ढकालले बुधबार उनीहरुलाई प्रशंसापत्र प्रदान गरेका हुन् । गत कात्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुका २८ वर्षिया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको…
काठमाडौं । नेपालमा शान्ति तथा सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको हो । सोही साल चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्तिसुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए । १९१४ अगष्टमा चन्द्र शमशेरले अंग्रेज सरकारलाई ८००० फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे । चन्द्र शमशेरकै शासनकालमा सन् १९२८ सम्ममा तराईका अन्य जिल्लाहरूमा पुलिस गोश्वारा, थाना तथा चौकीहरू स्थापना गर्न उनले विभिन्न सवालहरू जारी गराए । सन् १९१९ (वि.सं. १९७६ पुस) को अन्त्यतिर चन्द्र शमशेरले काठमाडौं उपत्यकाको शान्तिसुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने हेतु जिल्ला पुलिस इन्स्पेक्टर सवाल जारी गरे । यस सवालले काठमाडौं…
काठमाडौं । नेपाल प्रहरी अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट घोषित भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा जारी इन्टरपोलको ९१औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो । नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक ( इन्स्पेक्टर) द्धय नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको “Let’s Save the Planet – INTERPOL 100” विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो । भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टिलिजेन्सका कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्वर्णीम वाग्लेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । तीन दिनदेखि महोत्तरीको जलेश्वरमा बसिरहेको केन्द्रीय समिति बैठकले वाग्लेसहित १४ जनालाई सदस्यमा मनोनीत गरेको हो । रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले थपिएका चौधै जना नै सांसद रहेको बताए । यसअघि रास्वपाको ४० सदस्यीय केन्द्रीय समिति थियो । जसमा ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका र मोहनबहादुर थापाले राजीनामा दिएका थिए । केन्द्रीय सदस्यमा मनोनीत भएकामा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा. चन्दा कार्की (भण्डारी), असीम शाह,…
काठमाडौं । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरे । प्रहरीले भनेको छ, ‘पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलापसम्बन्धी गुनासो बढिरहेको छ । त्यसैले सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेज/अकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेरमात्र कारोबार गर्नुपर्छ ।’…
काठमाडौं । कैलाली प्रहरीले कुटपिटबाट युवकको मृत्यु भएको घटनामा १४ जनालाई पक्राउ गरेर सार्वजनिक भएको छ । गएराति कुटपिटबाट घोडाघोडी नगरपालिका-२ का २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मृत्यु भएको थियो । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका-९ घोराघाटका २३ वर्षीय विवेक भुल,२२ वर्षीय विशाल भुल, २२ वर्षीय सन्तोष परियार, २४ वर्षीय गणेश भुल, १५ वर्षीय पिन्टु चौधरी, २२ वर्षीय दिल बहादुर चौधरी, २२ वर्षीय पुरन सार्की छन् । त्यस्तै सोही नगरपालिकाका-२८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन केसी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाल पनि पक्राउ परेको…
काठमाडौं । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाँदैछन् । उनी मङ्सिर २३ गते कतार जान लागेका हुन् । यसअघि मङ्सिर ८ गते परराष्ट्र मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मङ्सिर ७ गते (बिहीबार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । मन्त्री साउदले आज (बुधवार) गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि…