काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्वर्णीम वाग्लेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । तीन दिनदेखि महोत्तरीको जलेश्वरमा बसिरहेको केन्द्रीय समिति बैठकले वाग्लेसहित १४ जनालाई सदस्यमा मनोनीत गरेको हो ।
रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले थपिएका चौधै जना नै सांसद रहेको बताए । यसअघि रास्वपाको ४० सदस्यीय केन्द्रीय समिति थियो ।
जसमा ढाकाकुमार श्रेष्ठ निलम्बनमा परेका र मोहनबहादुर थापाले राजीनामा दिएका थिए ।
केन्द्रीय सदस्यमा मनोनीत भएकामा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा. तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा. चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोककुमार चौधरी, शिव नेपाली र विनिता कठायत छन् ।
पदाधिकारीको विषयमा भने निर्णय भइनसकेको ढकालले बताए । यता, डा. वाग्लेवाग्लेलाई रास्वपाको उपसभापति बनाउने तयारी समेत छ ।
