काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. स्वर्णिम वाग्लेलाई उपसभापतिसहित केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनलाई उपसभापतिसहित केन्द्रीय सदस्य बनाएको हो ।
पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ सङ्गठनात्मक ढाँचा अनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुसार पार्टी सचिवालय गठन गरिएको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।
वाग्ले सभापति रवि लामिछाने र उपसभापति डीपी अर्यालपछिको वरीयतामा रहने भएका छन् । आजै गठन गरिएको केन्द्रीय सचिवालयमा उनलाई तेस्रो बरीयतामा राखिएको छ ।
वाग्ले यसअघि नेपाली कांग्रेसमा आबद्ध थिए । गत संघीय निर्वाचनमा टिकट नपाएपछि विद्रोह गरेर उपनिर्वाचनमा रास्वपा प्रवेश गरेका हुन् ।
रास्वपाबाटै उनले गत वैशाखमा सम्पन्न उपनिर्वाचनमा तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्य जितेका हुन् ।
