काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले ‘मिसन ८४’ ले देश नबन्ने टिप्पणी गरेका छन् । बुधबार साँझ उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
रास्वपा र पुराना दलहरूले मिसन ८४ भनिरहेका बेला बालेनले उनीहरू सक्किए मात्र देश बन्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन, तिमीहरुको ८४ सक्किएर बन्छ । तिमीहरुलाई सक्काएर बन्छ ।’
Facebook Comments Box
