Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको छ । बिमानस्थल भन्सार र इमिग्रेसन एरिया क्रस गरिसकेपछि बाहिर गेटबाट अहिलेसम्मकै ठुलो परिमाणमा सुन बरामद गरिएको हो । विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् । अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । हङकङको जहाजमा आएको सुन विमानस्थल गेटबाट बरामद गरिएको हो । उक्त सुन ७० देखि सय किलोसम्म हुन सक्ने अनुमान गरिएको छ ।
काठमाडौ । चितवन प्रहरीले ग्यास बुलेटको टुलबक्समा लुकाइएको ७० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । खैरहनी पर्साबाट पूर्वतर्फ जाँदै गरेको ग्यास बुलेटमा चेक जाँच गर्ने क्रममा गाँजा फेला हो । पक्राउ पर्नेहरू भारतको झारखण्ड कोर्डमा बस्ने ३५ वर्षीय मनोजकुमार पासवान र मकवानपुरको मनहरी–७ का ४५ वर्षीय राजु वाइवा रहेका छन् । बुधबार दिउँसो साढे १ बजेतिर राप्ती–१ लोथरबाट गाँजासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए । एसपी कार्कीकाअनुसार भारतीय नम्बर प्लेटको खाली ग्यास बुलेटको सिटमूनि र टुलबक्समा लुकाइएको अवस्थामा ११ पोका गाँजा बरामद भएको हो ।…
काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले हत्कडी लगाएर सडकमा डुलाएको छ । ठमेलमा व्यवसायीलाई कुटपिट गरेर दुःख दिएको आरोपमा पक्राउ परेका गुरुङलाई म्याद थप गर्न अदालत लगेर फर्काउँदा हत्कडीसहित ठमेल क्षेत्रको सडकमा डुलाइएको हो । प्रहरीले सानुभाइसँगै टोखाका विक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङलाई पक्राउ गरेको थियो । सानुभाइसँगै विक्रम र कमललाई पनि प्रहरीले हत्कडी लगाएर हिँडाएको थियो । गुरुङले गएको १५ असारमा क्लबमा बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए । …
काठमाडौं । विमानस्थलनजिकै सिनामंगलमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा फेला परेको शंकास्पद वस्तुलाई सेनाले निष्क्रिय पारेको हो । सिनामंगलको खोटाङ हलेँसी ज्वेलर्समा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सुन पसलको सटरअगाडि राखेको वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली पुगेको थियो । नेपाली सेनाको टोलीले शंकास्पद वस्तु निष्कृय पारेलगत्तै सोही स्थानबाट एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती व्यक्ति सुन पसल नजिकैको होटलमा लुकेर बसेका अवस्थामा पक्राउ परेका हुन् । रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले…
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले उत्कृष्ट काम गर्ने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)देखि कार्यालय सहयोगीसम्मलाई पुरस्कृत गरेका छन् । आईजी कुँवरबाट पुरष्कृत हुनेमा एआईजी मिरा चौधरी, प्रहरी नायब महानिरीक्षक (डीआईजी) बुद्विराज गुरूङ, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु दानबहादुर कार्की, मनोज केसी र दिनेश आचार्य रहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय कार्की र केसी पुरस्कृत भएपछि संगठनमा काम गर्नेको मूल्यांकन हुँदोरहेछ भन्ने एउटा सन्देश गएको छ । आईजी कुँवरले उत्कृष्ट काम गरेको भन्दै काठमाडौं प्रहरी परिसर प्रमुख कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख केसीलाई नगदसहित पुरष्कृत गर्ने निर्णय गरेका हुन् । त्यस्तै विभिन्न…
काठमाडौं । नेपाल प्रहरीभित्र पछिल्लो समय ३० वर्षे सेवाहदले निकै चर्चा पाएको छ । आजकल प्रहरीका धेरै अधिकारीहरुको यसै बिषयमा छलफल हुने गरेको पाइएको छ । ३० वर्षे हट्ला या नहट्ला भनेर एकले अर्कोलाई सोधिरहन्छन् । प्रहरीमा ३० वर्षे सेवाअवधी लागू छ भने नेपाली सेनामा हटिसकेको छ । नेपाली सेनामा लागू भएको मोडालिटी नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि लागू हुनुपर्ने माग पटकपटक उठ्दै आइरहेको हो । तर, बिडम्बना ३१ वर्षसम्म प्रहरीमा ३० वर्षे हट्न सकिरहेको छैन । नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिको आधारमा अवकाश हुने व्यवस्थालाई हटाएर उमेर र पदावधि मात्र लगाउने गरी ऐन संशोधनको तयारी भइरहेको…
काठमाडौं । देशको कानुन पालना गराउने निकाय हो प्रहरी । तर, कानुन बनाउने नेताहरुले ती प्रहरीहरुको पीरमर्का नबुझिदिँदा वर्षौंदेखि प्रताडित भएर बस्नुपरेको छ । जसले गर्दा उनीहरुको काम गर्ने मनोबल बढिरहेको अवस्था छैन । प्रहरीको कानुन संशोधनको प्रक्रिया अगाडि बढाउने तालुक मन्त्रालयले हो । तालुक मन्त्रालयमा जो व्यक्ति आएपनि भन्ने एउटै शब्द हो, उहाँहरुको पीरमर्का राम्रोसँग बुझेको छु । छिट्टै समस्या समाधान हुन्छ । पछिल्लो समय गृह मन्त्रालयको जिम्मेवारीमा छन्, नारायणकाजी श्रेष्ठ । भ्रष्टाचारीविरुद्ध निर्मम रुपमा प्रस्तुत भएका मन्त्री श्रेष्ठले आफ्नो मातहतको निकाय प्रहरीहरुको पीरमर्कामा नुन छर्कने काम मात्रै गरेका छन् । आश्वासान दिएका छन्, काम भने जहाँको त्यहिँ अड्किएको…
काठमाडौं । बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मंगलबार बहस हुँदाहुँदै समय सकिएपछि आज पनि सुनुवाइ हुने भएको हो । उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो ।
जनकपुरधाम । सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि गत शुक्रबार चारजनाले सामूहिक बलात्कार गरेको पाइएको हो । इलाका प्रहरी कार्यालय कञ्चनरुपका अनुसार सामूहिक बलात्कार गरेको आरोपमा चारजनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रमुख डिएसपी दीपक रायका अनुसार पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका– १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदी छन् । घटना गत शुक्रबार मध्य रातिको हो । डिएसपी रायका अनुसार उनीहरुले ती किशोरीलाई घरबाट उठाएर नजिकैको मान्छे नबस्ने घरमा लगेर सामूहिक बलात्कार गरेको…
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । नेपाल एयरलाईन्सको उडानमार्फत दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।