काठमाडौं । डा. श्रवण कुमार थापाले वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी पाएका छन् । थापालाई अर्को निर्णय नभएसम्मका लागि आजदेखि निमित्तको जिम्मेवारी दिइएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले डा. थापालाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको पुष्टि गरे । यसअघि उनी सहायक निर्देशकको रूपमा कार्यरत थिए ।
वीरका निर्देशक डा. सन्तोष पौडेललाई नेकपा एमालेको क्रियाशील सदस्य रहेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंसिर १४ गते पदबाट हटाएको थियो ।
Facebook Comments Box
