Author: Scoop Khabar

काठमाडौं । सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं बरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की र प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतलाई अदालतको अवहेलनाको आरोपबाट क्षमादान दिएको छ । १२ वर्षअघि तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसला कार्यान्वयन नगरेको भनी सर्वोच्च अदालतले उनीहरुलाई १५ दिन कैद र ५ हजार जरिवानाको कैद प्रस्ताव गरेको थियो । फैसला कार्यान्वयन गरेमा प्रस्ताव गरेको कैद र जरिवाना मिनाहा हुनसक्ने भनी सर्वोच्च अदालतले गत २०७९ फागुन ११ मा आदेश गरेको थियो । आदेश अनुसार जाहेरीको अनुसन्धान गरी सरकारी कागजात किर्तेमा मुद्दा नचल्ने निर्णय गरेपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको इजलासले उनीहरुलाई क्षमादान दिएको हो…

थप

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा सरकार आफूलाई जोगाउने र अरुलाई फसाउने खेलमा लागेको आरोप लगाएका छन् । उनले मुख्य दोषीसम्म पुग्नुको साटो भरियाहरुलाई मात्र समाउनुले त्यहि पुष्टि भएको बताए । नेपालगञ्जमा शनिबार शुरु भएको एमालेका लुम्बिनी प्रदेशका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सरकारको जानकारीबिना विनास्थलबाट एक क्विन्टल सुन भित्रन सम्भव नै नहुने बताए । ‘एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टबाट एक क्विन्टल सुन भित्रिन कसरी सम्भव हुन सक्छ ?’ उनले प्रश्न गरे । ओलीले सुन प्रकरणमा सरकारका मुख्य मान्छे नै संलग्न रहेको आरोप लगाए । ‘सरकारको विशेष जिम्मेवारीमा रहेका व्यक्तिको योजनाबिना यति ठूलो…

थप

काठमाडौ । शनिबार बिहान ८ः३० बजेको समयमा बागमती प्रदेश प्रहरी गण हेटौंडाका गणपति प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काले दुईजना सिपाहीलाई कानको जाली फुट्ने गरी कुटपिट गरेपछि गम्भिर प्रश्न उब्जिएको छ । कुटाइ खानेमा जवानद्द्य कुमार भण्डारी र सन्तोष अधिकारी रहेका छन् । एसपी खड्काले शनिबार बिहान विनाकारण उनीहरुलाई कुटपिट गरेका हुन् । खड्काको कुटाईबाट जवान भण्डारीको कानको जाली नै फुटेको छ । एसपी खड्काले कुटेपछि बागमति प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) किरण राणा समेत विवादमा तानिएकी छिन् । उनको आदेशमा नै अन्यत्र दरबन्दीमा काम गरिरहेका उनीहरुलाई तानेर गणमा राखिएको थियो । काभ्रे दरबन्दी भएका उनीहरुलाई गत १६…

थप

काठमाडौं । बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत प्रहरी जवान कुमार भण्डारी र सन्तोष अधिकारीलाई गणपति प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काले कुटपिट गरी घाइते बनाएका छन् । एसपी खड्काको कुटपिटबाट जवानद्धय भण्डारी र अधिकारीको कानको जाली फुटेको छ । शनिबार बिहान ८ः३० बजेको समयमा एसपी खड्काले उनीहरुमाथि कुटपिट गरेका हुन् । कानको जाली फुटेपछि उनीहरुलाई उपचार गर्न समेत जान दिइएको छैन् । बन्धक जस्तै बनाएर राखिएको स्रोत बताउँछ । शुक्रबार जवानद्धय भण्डारी र अधिकारी सोही गणका अमल्दारलाई खबर गरी बाहिर निस्केका थिए । बाहिर किन निस्केको, कसलाई सोधेर निस्केको, म हुँ गणको हाकिम भन्दै एसपी खड्काले उनीहरुमाथि कुटपिट गरेको स्रोत…

थप

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाको लागि दक्षिण सुडानमा तैनाथ एक जना नेपाली सैनिक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार रामबहादुर बाँठाले शुक्रबार आत्महत्या गरेको बताइएको छ । उनी जाजरकोटको खलङ्गा गाउँपालिका ६, निवासी हुन् । दक्षिण सुडानको रुम्बेकस्थित गण हेडक्वार्टरमा रहेको भेहिकल वर्कशपमा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा उनी फेला परेका थिए । उनको शव पोष्टमार्टमको प्रक्रिया तथा अनुसन्धानको क्रममा रहेको नेपाली सेनाले जनाएको छ । पोष्टमार्टमपछि स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको बताइन्छ ।

थप

काठमाडौं । गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गरेको झण्डै एक सय किलो सुन प्रधानमन्त्री कार्यालय मातहतको कार्यालय राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सुनको यकिन परिमाण भने अझै आइसकेको छैन । यद्यपि सुन बरामद भएपछि यो प्रकरण सडकदेखि सदनसम्म तातेको छ । विपक्षी दलका नेता कार्यकर्ता मात्र नभएर सत्तापक्षका नेता कार्यकर्ताले पनि सुन कसरी र कसको सेटिंगमा बाहिरियो भने प्रश्नहरु खडा गरेका छन् । जसले गर्दा सरकारमाथि चौतर्फी दबाब छ । यता उपप्रधान एवंम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा सरकारले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको दाबी गरेका छन् । विभागले अनुसन्धानमा नेपाल प्रहरीको सहयोग मागेपछि प्रधान कार्यालयले प्रहरी…

थप

काठमाडौं । काठमाडौं महानगरपालिकाले धुम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको छ । महानगरपालिकाले शुक्रबार माइकिङ गर्दै कार्यालय हटाउन अल्टिमेटम दिएको हो । मेयर बालेन्द्र शाह बालेनको निर्देशन बमोजिम शुक्रबार महानगर प्रहरीको टोली राप्रपाको कार्यालयमा माइकिङ गर्न पुगेको थियो । सो क्रममा सोमबारभित्र पार्टी कार्यालय हटाउन भन्दै महानगर प्रहरीको टोलीले माइकिङ गरेको थियो । ‘यस राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनु भएका पदाधिकारीज्यूहरु, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाइ खाली गराइदिनुहुन काठमाडौँ महानगरपालिका हार्दिक अनुरोध गर्दछ’, महानगरको टोलीले माइकिङमा भनेको थियो । हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले हटाउन लागेको हो । तर राप्रपाले नगरप्रहरीको टोलीलाई लिखितरुपमा यसबारे आफूहरुलाई दिन आग्रह गरेको छ…

थप

मोरङ । प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले नेपालमा भइरहेको सुन तस्करीको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् ।  विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा कोइरालाले सुन तस्करीले नेपालको अर्थतन्त्रमा असर गरिरहेको छ, छैन भन्ने गम्भीर विषय भएको बताएका हुन् । ‘कसको सेटिङमा सुन आइरहेको भन्न गाह्रो विषय हो,’ उनले भने, ‘अहिले सय किलो सुन बरामद भएकोले हामीले थाहा पायौं तर त्यो भन्दा अगाडि कति आयो त्यो गम्भीर विषय हो र यसले नेपालको अर्थतन्त्रमा असर गर्छ कि गर्दैन ?’ भारतमा १३ सय मेट्रिकटन सुन वार्षिक खपत हुन्छ तर आयात ८ सयदेखि ९ सय मेट्रिकटनमात्रै भारत सरकारले गरिरहेको हुँदा ४…

थप

देउजा राधाकृष्ण आरोप/प्रत्यारोप र आशंका गर्नेहरुले जे भनिरहेको भएपनि आजसम्म स्थापित तथ्यहरुले भन्छ कि आजको मितिसम्मको काम हेर्दा गृहमन्त्रीको रुपमा नारायणकाजी श्रेष्ठ इतिहासकै सफल र निष्कलंक र राम्रो काम गर्ने हुटहुटि भएको गृहमन्त्रीहरुकै सूचीमा हुनुहुन्छ । गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्ने बित्तिकै सुराकी खर्च खारेजी गर्नेदेखि सकारात्मकता सुरुवात गरेर अनेकन काण्डहरुको निष्पक्ष छानविनको सुनिश्चिताको निम्ति सक्रियता मात्रै नभएर सुरक्षा निकायहरुको वृत्ति विकासलाई हस्तक्षेपरहित बनाउन पनि उहाँले भूमिका खेलेको देखिएको छ । त्यसैले गर्दा नै हो प्रहरीलगायत सुरक्षा निकायका बढुवाहरुमा रिक्त संख्यात्मक बाध्यताको कारण कतिपय राम्राहरु छुट्नुको कारण अभिव्यक्त स्वाभाविक र सामान्य असन्तुष्टिहरुको अलावा कोहि कसैले तर्कपूर्ण र तथ्यपूर्ण रुपमा लेनदेन दवाव…

थप

काठमाडौ । सशस्त्र प्रहरी बल, नेपालका ६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएको छ। साधारण समूह, लेखा उपसमूहतर्फ पाँच र कानून उपसमूहतर्फ एक गरी ६ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा भएको हो। गृह मन्त्रालयका सचिवस्तरको बिहीबारको निर्णयअनुसार उनीहरूको बढुवा भएको हो। को को बढुवा भए ?  प्रमोदबाबु थापा तुलसिंह केसी सन्तोषकुमार चन्द दिवाकर राउत राजेशकुमार सिंह सत्यदेवी बस्नेत बढुवा समितिको गत ३१ असारको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको थियो।

थप