काठमाडौं । मोरङ कारागारमा एकजना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर– १० का ४८ वर्षीय चण्डेश्वर सहनी रहेका छन् ।
उनलाई ‘पेट दुख्ने र श्वास प्रश्वाससम्बन्धी समस्या देखिएपछि दुई अगाडि विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो ।
तरर, सम्भोग सहनी आजै कैदमुक्त हुँदै थिए । कारागारबाट बाहिर निस्कने दिन नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
