Author: Scoop Khabar

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु भएकाले सडक बन्द गर्न लागिएको हो। उक्त सडकमा ढुङ्गा खस्ने समस्याको स्थायी निराकरणका लागि साउन २८ गते आइतबारदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि सडकखण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बैसरीको सडकमा खस्ने पहिरोको…

थप

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ३ हजार ८७१ जवान सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले एकैपटक ठूलो संख्यामा सशस्त्र प्रहरीको साधारण समूहतर्फको सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (च) बमोजिम ३ हजार ८७१ जवानलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवा सिफासि गरिएको बढुवा समितिको सचिवालय हलचोकले जनाएको छ । https://drive.google.com/file/d/1MqqQCn_nG00T590X6_YT-M3zfmBjbZ9m/preview

थप

काठमाडौ । जिल्ला प्रहरी कार्यालय सुनसरी कोशी प्रदेशकै अब्बल प्रहरी कार्यालय बन्न सफल भएको छ । आज (शुक्रबार) कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा सुनसरी प्रहरी कार्य सम्पादनमा सर्वोत्कृष्ट ठहरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआइजी) राजेशनाथ बास्तोलाका अनुसार आव २०७९/०८० को कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय सुनसरी सर्वोत्कृष्ट भएको हो । २०७९/०८० को लागि गरिएको कार्य सम्पादन सम्झौता अनुसार कोशी प्रदेश अर्न्तगत सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरूमध्ये जिल्ला प्रहरी कार्यालय सुनसरी सर्वोत्कृष्ट भएको डीआईजी बास्तोलाले बताए । ‘कोशी प्रदेशअन्तर्गत रहेका सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरुबाट सम्पादित कार्यहरुको तोकिएको सुचाँकको आधारमा हामीले यसरी नतिजा…

थप

काठमाडौं । काठमाडौमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको छ । काठमाडौं महानगरपालिका-४ चण्डोल चोकमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए.  उनका अनुसार त्यहाँ दुई पक्षबीच झगडा भएको थियो । घटना बुधबार साँझ साढे ५ बजेतिरको हो । कैलाली, टीकापुरका चक्र शाहमाथि खुकुरी प्रहार गरेको एसपी ढुंगेलले बताए । शाहमाथि खुकुरी प्रहार गरेपछि आक्रमण गर्ने पुरूष फरार भएका थिए । प्रहरीले यस प्रकरणमा संलग्न रहेको भन्दै कैलाली धनगढी बस्ने अन्दाजी २७ वर्षीय रविन गिरीलाई नियन्त्रणमा लिएको छ । शाहको टाउको र खुट्टामा चोट लागेको छ। उनको टिचिङ अस्पतालमा उपचार…

थप

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजी)लाई प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा गर्ने अधिकार छ । तर, प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा लामो समयदेखि हुन सकेको छैन । जसले गर्दा विभिन्न शंकाहरु उत्पन्न भएको छ । कसैले राजनीतिक दबाबको कारण सरुवा हुन नसकेको भनिरहेका छन् त कसैले प्रहरी प्रमुखले चासो नदिएको कारण रोकिएको भन्न छाडेका छैनन् । तर, इन्स्पेक्टर सरुवा ननिस्किुनको अर्कै कारण छ । यसअघिका आईजी धीरज प्रताप सिंहले सरुवाको मापदण्ड विपरित धमाधम करिब १५० भन्दा बढीलाई इन्चार्ज दिएपछि वर्तमान आईजी बसन्त बहादुर कुँवरलाई सरुवामा सकस भएको हो । आईजी कुँवर सबैलाई मिलाएर लैजाुनपर्ने पक्षमा छन् । चिफसापले सबैलाई मिलाउन खोज्दा…

थप

काठमाडौं । चर्चित ललिता निवास क्याम्पभित्रको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार गच्छदारसहित चार जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले जनाएको छ । उक्त सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्व मन्त्रीहरूले ‘सरकारी लिखत किर्ते’ गरेर व्यक्तिको नाममा लैजान भूमिका खेलेको आरोप छ । विजय गच्छदार २०६७ मा भौतिक योजना तथा निर्माण मन्त्री थिए ।

थप

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको सुरक्षामा खटिएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) प्रभाकर खड्काको पेस्तोल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । सिन्धुलीका मेघबहादुर तामाङ र सिन्धुपाल्चोकका बासुदेव थामीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर सार्वजनिक गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका– १ स्थित सई खड्काको घरबाट गत ३१ असारमा पेस्तोल चोरी भएको थियो । सो पेस्तोल नारायणटार बस्ने तामाङको कोठाबाट बरामद भएको जिल्ला परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जानकारी दिए । सो घटनामा सई खड्कालाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरी आन्तरिक छानबिन गरिरहेको छ । झ्यालबाट तानेर सो पेस्तोल चोरी भएको प्रारम्भिक अनुसन्धानमा…

थप

म मेरो देशको जवान । मेरो चाहना देशको सेवा गर्ने हुटहुटी, तर पारिवारिक अवस्था कमजोर छ, देशले राम्रो सेवा सुविधा दिन सक्दैन । आफ्नो बालबच्चा पढाउनुपर्यो, हुर्काउनुपर्यौ, धौधौ लोन गरि गरि एउटा घडेरी जोडिहाल्यो भने त्यसको किस्ता १५ हजार बुझाउनुपर्यो । अनि २ बच्चालाई पढाउन मासिक ६ं-६ हजार खर्च गर्नुपर्यो । अनि बाँकी रासन ५ हजार बच्यो । त्यो ५ हजारले बाबाआमा, श्रीमती, इष्टमित्र आफन्त, औषधी उपचार, लत्ताकपडा धेरै समस्या समाधान गर्नको लागि टुक्रा-टुक्रा गरेर चलाए पनि पुग्दैन, अब म के गरौँ । एउटा आशा थियो १६ बर्षमा पेन्सन आयो भने बचेको ५ बर्ष वैदेशिक रोजगार गएर भए पनि घर…

थप

काठमाडौं । भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ। नेपालगञ्जको त्रिभुवनचोकका एसकुमार वाचका सञ्चालक सन्तोषकुमार गुप्ताका छोरा र छोरी, दिनेश गुप्ताको छोरा, बुहारी र दुई बच्चाको मृत्यु भएको हो । कार चालकको उपचार भइरहेको छ। शनिबार राति छाडा पशुलाई बचाउने क्रममा कार अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । कारमा सन्तोषकुमार गुप्ताको श्रीमती सीता पनि गएकी थिइन्। उनी बलरामपुरमा झरेको आफन्तीले बताएका छन् । घटना थाहा पाएलगत्तै नेपालगञ्जबाट आफन्तीहरू श्रावस्ती गएका छन् ।

थप

काठमाडौं । गत ५ साउन राती १० बजे मधेश प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) चन्द्रेश्वर यादव जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा घाइते अवस्थामा भेटिए । यादवको दायाँ खुट्टा फ्याक्चर भएको थियो । घाइते अवस्थामा भेटिएपछि उनलाई तत्काल उद्दार गरेर अस्पताल लगियो । हाल डिएसपी यादवको काठमाडौंस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रहरी चेन अफ कमाण्डमा चल्ने संगठन हो । त्यसैेले आफ्नै डिएसपी नहरमा घाइते अवस्थामा फेला परेपछि अनुसन्धानको लागि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले छानबिन समिति नै गठन गर्यो । प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । एसपी श्रेष्ठको नेतृत्वमा…

थप