Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनले सरकारलाई ‘चोर’ को संज्ञा दिँदै ‘सिंहदरबारमा नै आगो लगाइदिने’ चेतावनी दिएको फेसबुक स्ट्याटस डिलिट गरेका छन् । शनिबार राति ८ः ५० बजेको समयमा लेखिएको ‘फेसबुक पोस्ट’ सोमबार बिहान सुटुक्क हटाएका हुन् । पब्लिक सेन्टिमेन्ट बटुल्न पोष्ट गरेको स्ट्याटसको सर्वत्र आलोचना भएपछि मेयर शाहले डिलिट गरेका हुन् । मेयर शाहले आफ्नी श्रीमती चढेको काठमाडौं महानगरपालिकाको सरकारी गाडी बिदाको दिन रोकिएकोप्रति आक्रोश व्यक्त गर्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए । महानगरपालिकाको मेयरले सरकारी बिदाको दिन श्रीमतीलाई सरकारी गाडी चढाएर पदको दुरुपयोग गरेको भन्दै सर्वत्र आलोचना भएको थियो । अराजक अभिव्यक्ति दिएपछि उनलाई…
काठमाडौं । १५ भदौ २०८० मा प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गर्यो । सोही सरुवामा जिल्ला प्रहरी कार्यालय, सुनसरी प्रमुख प्रभु ढकालको समेत सरुवा भयो । ढकालले गत १५ साउन २०७९ देखि सुनसरी जिल्लाको कमाण्ड सम्हालेका थिए । आफ्नो एक वर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गरेर सुनसरीमा विदा हुन लागेका एसपी ढकालका सामू त्यतिबेला धेरै कार्यभार तथा चुनौती थिए । आपराधिक घटना न्यूनीकरण, लागूपदार्थको दुव्र्यसन तथा ओसारपोसार नियन्त्रण, सडक दुर्घटना र फरार अभियुक्तलाई पक्रनु चुनौती थियो । उसो त सुनसरी कोशी प्रदेशका जिल्लाहरुमध्ये अति संवेदनशीलमा पर्छ । यति मात्र नभएर सुस्त रहेको प्रहरी कमाण्डलाई परिचलान गर्दै चुस्त…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नी श्रीमती सवार सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले रोकेको घटनाबारे प्रस्टीकरण दिएका छन् । साहको सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरेको जनाएको छ । सार्वजनिक बिदाको दिन गाडी चलाउने परमिट लिइएको भए पनि शनिबार साँझ ट्राफिक प्रहरीले रोक्दा उक्त परमिट गाडीमा नभएको सचिवालयले स्वीकार गरेको छ । बालेन पत्नी काफ्ले सुत्केरी भएको र एनआईसीयूमा रहेको बच्चालाई स्तनपान गराउन अस्पताल गएको विज्ञप्तिमा उल्लेख छ । मेयर साहको सचिवालयका अनुसार बालेन दम्पतीका शिशु मेडिसिटी अस्पतालमा एनआईसीयूमा उपचाररत छन् । शनिबार साँझ बालेनकी पत्नी सविनाको स्वास्थ्यमा जटिलता…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी २७ भदौमा काठमाडौंमा बृहत विरोधसभा गर्ने भएको छ । आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले विरोधसभा गर्ने निर्णय गरेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको बैठकले गौवशं हत्याको विरोध गर्न विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रवक्ता श्रेष्ठका अनुसार हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, विभिन्न भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानविनको दायरामा ल्याउनलगायतको विषइ पनि समेटिएको छ । सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न, शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको…
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले आफ्नो कार्यालय मातहतका कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन् । आइतबार उनले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा आयोजित एक कार्यक्रमबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा एआईजी थापा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीबीच कार्यसम्पादन सम्झौता भएको थियो । त्यस्तै जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख सिद्धिविक्रम शाह, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भूपेन्द्रबहादुर खत्री, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्रसिंह राठौर र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रजित…
पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण राखिएको वेबसाइट प्रहरीले ल्यायो सञ्चालनमा
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले ‘पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण’ राखिएको वेवसाइट गमद।लभउबउियष्अिभ।नयख।लउ को उद्घाटन गरेका छन् । आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच आईजी कुँवरले उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै आईजी कुँवरले निर्माण भएको वेवसाइटको सुरक्षाको साथसाथै नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने बताए । वेवसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारी रूपमा संचालन गर्दै धेरै भन्दा धेरै सरोकारवाला व्यक्तिहरूको पहुँचमा पुर्याई बढी भन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरू सनाखत गर्न सहज र सक्षम हुने विश्वास उनले व्यक्त गरे । नागरिक स्तर र यससँग सम्बन्धित…
काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघको आगामी भदौ १९ गते हुने निर्वाचनका लागी अध्यक्ष पदका प्रत्याशी प्रकाश सापकोटाको नेतृत्वको प्यानलले उम्मेद्वारी दर्ता गरेको छ । सापकोटा माउण्टेन बुद्ध टुर्स एण्ड ट्रान्सपोर्ट प्रा.लि.का प्रबन्ध निर्देशक हुन । सापकोटा प्यानलको बरिष्ठ उपाध्यक्षमा भरत प्रसाद तिमल्सिना, उपाध्यक्षमा अञ्जन महर्जन, महासचिवमा अनिल मोक्तान, सचिवमा प्रमोद प्रसाद अर्याल, कोषाध्यक्षमा राम कुमार बस्नेत र सदस्यहरूमा बाजिराम घिमिरे, इन्द्र बहादुर पाठक, सुदिन महत लगायतको उम्मेद्वारी दर्ता भएको छ । संघको नयाँ नेतृत्वका लागि यही भदौ १९ गते चुनावको कार्यक्रम तय गरिएको छ । संघको साधारण सभा भने भदौ २२ गते हुनेछ ।
काठमाडौं । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकमा आइतबार बिहान भएको सवारी दुर्घटनामा घाइते भएकी सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी सशस्त्र प्रहरी बल नम्बर २० विपद् उद्धार उपत्यका गण (सिनामंगल) मा कार्यरत सशस्त्र प्रहरी जवान उषा थापाको निधन भएको हो । योसँगै उक्त दुर्घटनामा मृत्यु भएकाको संख्या २ पुगेको छ । यसअघि दुर्घटनामा सर्लाही घर भएका २८ वर्षीय राज भट्टराईको मृत्यु भइसकेको छ । यस्तै दुर्घटनामा घाइते सशस्त्र प्रहरीकै जवान स्वस्थानी खड्काको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । आज बिहान साढे ७ बजे बा ३ ख ४१४८ नम्बरको बसले पेप्सीकोला छाप्रो भन्ने स्थानमा बोलेरो, स्कुटर…
काठमाडौं । शनिबार साँझ आफ्नो सामाजिक सञ्जालमार्फत एक स्ट्याटस लेख्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ‘भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु’ भनेर चेतावनी दिए । मेयर बालेनको उक्त फेसबुक स्ट्याटसपछि अनेकन टिकाटिप्पणीहरु भएका छन् । कसैले बालेनले ठिक गर्यो भनेका छन् त कसैले एउटा जिम्मेवार पदमा रहेको व्यक्तिले यस्तो तुच्छ शब्द लेख्न नहुने भन्दै उनको आलोचना पनि गरेका छन् । साँझतिर स्ट्याटस लेखेपछि कतिपयले बालेनलाई नशाको तालमा लखेको भनेर गाली समेत गरेका छन् । तर, स्ट्याटस लेख्नुको वास्तविक कारण अर्कै रहेको पाइएको छ । एक आफ्नी हप्तादिनको सुत्केरी श्रीमती सवार गाडीलाई प्रहरीले…
काठमाडौ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा दोषी देखिए नछाड्ने बताएका छन् । माओवादी केन्द्रले थालेको विशेष अभियानको शनिबार उद्घाटन गर्दै माओवादी भएकै कारण उनलाई नछाड्ने बताएका हुन् । माओवादी केन्द्र नेतृत्वको सरकारले कसैलाई पनि नछाड्ने नीति अख्तियार गरेको जिकिर उनको छ । बाहिर विपक्षीलाई मात्रै कारबाही गरिएको भन्दै भ्रम छर्न खोजिएको उनको आरोप समेत छ । सरकारले अहिले तीव्र गतिमा भ्रष्टाचारविरोधी अभियान चालिरहेकाले केही तत्व यसलाई प्रभावित बनाउन लागि परेको समेत उनको जिकिर छ । तर, जति प्रयास गरेपनि सरकारले खुट्टा नकमाउने उनको प्रतिबद्धता छ ।