चितवन । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवर र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजन अधिकारी सम्मानित भएका छन् ।
भरतपुर–५ मा रहेको बालबालिकाको लागि प्रहरी-नागरिक साझेदारी अभियान नेपाल (पिटुसिटु)को दोस्रो साधारणसभा तथा पहिलो अधिवेशन अवसर पारेर भरतपुर महानगरकी मेयर रेनु दाहालले सम्मानपत्रसहित ढोसल्ला ओढाई सम्मान गरेकी हुन् ।
सडक बालबालिका उत्थान र विकासका लागि पिटुसिटुको स्थानीयसँगै सडक बालबालिकामुक्त समाज निर्माणमा पुराएको अतुलनिय योगदानको कदर गर्दै सम्मान गरिएको पिटुसिटुका अध्यक्ष बेलबहादुर गुरुङले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रमुख हुदाँ आईजीपी कुवँर र जिल्ला प्रवक्ता हदाँ एसएसपी अधिकारी प्रत्यक्ष संलग्नतामा यहाँ पिटुसिटु स्थापना भएको थियो ।
२०७२ सालको असोजमा चितवन प्रहरी मार्फत सडक बालकहरुको व्यवस्थापन गराउने अभियान थालेकोमा २०७३ साल वैशाख १ गते विधिवत रुपमा स्थापना भएको थियो ।
अभिभावकविहीन अवस्थाका बालकहरुलाई प्रकृया पु¥याएर पिटसिटुमा राख्ने व्यवस्था मिलाएको छ । पिटुसिटुले हालसम्म करिब ६० जना बालबालिकाहरुलाई परिवारसँग पुनर्मिलन गराइसकेकोमा हाल २९ जना संरक्षित बच्चाहरु रहेको पिटुसिटुका अध्यक्ष गुरुङले बताए ।
