निर्मला भट्ट
कुन आवश्यकताले मान्छे पुलिस बन्छ ?
कुन बाध्यताले मान्छे पुलिस बन्छ ?
आन्दोलन सफल भएन,
पुलिसको टाउको फुटाइदेउ
आन्दोलन सफल भयो,
पुलिसको जागिर खाइदेउ
चोर भाग्यो,
पुलिस के हेरेर बस्यो ?
चोर पक्रियो,
पुलिसले खान पाएन होला
ड्युटी गर,
बढि जान्ने भएको पुलिस
ड्युटि नगर,
हरामको खाने पुलिस
आदेश मानेन
निलम्बन गर त्यो पुलिसलाई
विवेक प्रयोग गर्यो ?
निलम्बन गर त्यो पुलिसलाई
कति निरिह पुलिस
कति बाध्य पुलिस
कति कमजोर पुलिस
कति बिचरा पुलिस
कति लाचार पुलिस
भोक नलाग्ने
तिर्खा नलाग्ने
निन्द्रा नलाग्ने
थकाइ नलाग्ने
परिवारको माया नलाग्ने
दुःख पिडा नलाग्ने
कति ज्याद्रो पुलिस ।
स्वाभिमान छैन
आत्मसम्मान छैन
पेशाको सुरक्षा छैन
ज्यानको सुरक्षा छैन
किन बन्ने पुलिस ?
Facebook Comments Box
