Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा मंगलबार बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका हुन् । यसैबिच नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक…
काठमाडौं । संविधानसभाका अध्यक्ष, पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि सभामुख देवराज घिमिरेले संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन् । नेम्वाङको निधनमा शोक वक्तव्य जारी गर्दै घिमिरेले भने, ‘उहाँको निधनले नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ । प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु ।’ यस दुःखको घडीमा घिमिरेले नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उनको परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो ।
काठमाडौं । हृदयघातका कारण निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ ज्वरो आएपनि सोमबार दिनभर घरमै आराम गरेर बसेको पाइएको छ । उनकी श्रीमतीका अनुसार आइतबार धरान पुगेर फर्किएका नेम्वाङलाई सोमबार बिहानैदेखि ज्वरो आएको थियो । ज्वरो आएपनि उनी घरमै आराम गरेर बसेका हुन् । घरमै डाक्टरले चेकजाँच गरेका थिए । डाक्टरले हिजो साँझ पनि नेम्वाङको स्वास्थ्य परीक्षण गरेका थिए । त्यतिबेला उनलाई १०२ डिग्री ज्वरो आएको थियो । डाक्टरले स्वास्थ्य परीक्षण गरेपछि अस्पताल जानुपर्दैन घरमै आराम गर्दा हुन्छ भनेकाले नेम्वाङले आराम गरेका थिए । बेलुका सुप खाएर सुतेका नेम्वाङ राति १ बजेतिर घरको शौचालयमा बेहोस भेटिएपछि शिक्षण अस्पताल महाराजगञ्ज…
काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएको छ । राति १ बजेतिर अचानक हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पतालस्रोतले दिएको जानकारीअनुसार राति १ बजेर २० मिनेटमा उनलाई अस्पताल लगिएको थियो । बिहान सवा ४ बजे नेम्वाङको निधन भएको थियो । राति बाथरुम जाने क्रममा उनी एक्कासी ढलेको परिवारका सदस्यको भनाई रहेको छ । परिवारका सदस्यले तत्कालै अस्पताल पुर्याएको भए पनि बाटोमै उनको निधन भएको बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
काठमाडौ । एसिया कपको सुपर-४ चरणको खेलमा पाकिस्तानले भारतसँग ठूलो पराजय भोगेको छ । सोमबारको खेलमा पाकिस्तान भारतसँग २२८ रनले पराजित भएको छ । वर्षाका कारण आइतबार रोकिएको खेलमा भारतले दिएको ३५७ रन पछ्याउने क्रममा पाकिस्तानी ब्याटरहरू एकपछि अर्को गरी पेभेलियन फर्किन बाध्य भए । भारतीय बलरहरू सामु पाकिस्तानी ब्याटर जम्न सकेनन् । पाकिस्तानका लागि ओपनर फखर जमानको २७ रन नै सर्वाधिक स्कोर रह्यो । त्यस्तै आघा सलमान र इफ्तिखर अहमदले २३/२३ रन बनाए । कप्तान बाबर आजम भने १० रनमै आउट भए । पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सक्यो । १७ रन बनाउँदा पहिलो विकेट गुमाएको पाकिस्तानले…
काठमाडौँ । ‘मलेसिया पठाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको सुर्यगढी गाउँपालिका–२ घर भएकी तुलसा वाग्ले अधिकारी छिन् । २७ वर्षीय अधिकारी टोखामा बस्दै आएकी छन् । उनले खिमलाल बुढा मगर सहित दुई जनालाई ‘मलेशिया पठाउँछु, आकर्षक तलब हुन्छ’ भनेर भनेर ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ७ सदस्यीय टोली सोमबार मित्रराष्ट्र गणतन्त्र कोरिया प्रस्थान गरेको छ । Sungkyunkwan University PMC (KOICA) को आयोजनामा भदौ २५ गतेदेखि आगामी असोज ३ गतेसम्म गणतन्त्र कोरियामा सञ्चालन हुने ‘Strategic Leadership Course on Cyber Crime Countermeasures’ विषयक कार्यशालामा सहभागी हुन उनीहरू त्यसतर्फ प्रस्थान गरेका हुन् । उक्त टोलीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको साथै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय टेक प्रसाद राई र मीरा चौधरी, प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) ई.फणिन्द्र बराल, डीआईजी विकासराज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्याल र एसएसपी भुपेन्द्र बहादुर खत्री…
काठमाडौ । डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपती मेजर विमल पण्डित सम्पर्कविहीन भएको आज १५ दिन पुग्यो । दाजु हराएको १५ दिन पुगेपछि विमलकी बहिनीले कसैले देखेमा सम्पर्क गरिदिनका लागि अनुरोध गरेकी छिन् । दाजु हराएलगत्तै त्रिपुरासुन्दरी मन्दिरको भिडियोसहित भगवानसँग पुकारा गरिरहेकी बहिनीले फोटोसहित कसैले देखेमा सम्पर्कका लागि अनुरोध गरेकी हुन् । उनले यसअघि शुक्रबार ‘धैर्य गर्नु मात्र विकल्प रह्यो’ लेख्दै परिवारले भोगिरहेको पीडालाई सामाजिक सञ्जालमार्फत दाजुको लागि पुकारा गरिरहेकी छिन् । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका डाँछीका पण्डित परिवार विगत १४ दिनदेखि पीडामा रहेका छन् । दिनरात छोराको खबरको प्रतीक्षा गर्दै घरमा वृद्ध बुवाआमाले दिन बिताइरहेका छन् भने बहिनीले सामाजिक…
काठमाडौ । गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा मन्त्रालय भएको थियो । तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदीको पनि सरुवा भएको छ । सुबेदीलाई दाङको सीडीओ बनाइएको छ । उता दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ । रुपन्देहीका सीडीओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ…
काठमाडौ । बाँकेको नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगद रुपैयाँसहित नेपाल सरकारका एक अधिकृतलाई नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले २६ लाख नगद रुपैयाँसहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई सोमबार बिहान नियन्त्रणमा लिएको हो । ‘विमानस्थलभित्रबाट प्रहरीले २६ लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएका छौं’ उनले भने, ‘यसबारे अन्य विषयमा अनुसन्धान भइरहेको छ ।’ विमानस्थल प्रहरी स्रोतकाअनुसार उनी बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगन्जबाट काठमाडौं जाने तयारीमा थिए । चेकजाँचको…