काठमाडौं । कैलालीमा हतियारसहित प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार विहान हतियारसहित प्रहरी परिचालन गरेको हो ।
जिल्ला प्रहरी कार्यालयको सुरक्षा योजना अनुसार इलालाभित्र अपराध रोकथाम तथा न्युनिकरणका लागि भन्दै हतियारसहितका प्रहरी परिचालन गरिएको छ ।
इलाका भित्रका अपराधिक गतिविधी, गैरकानुनी क्रियाकलाप, लागुऔषधको सेवन, बिक्रिवितरण, चोरी तस्करीलाई निस्तेज पार्ने उद्देश्यसहित हतियारसहितका प्रहरी परिचालन गरिएको हो ।
आज बिहान ११ः३० बजेको समयमा प्रहरी सहायक निरीक्षक प्रेमकुमार शाहको कमाण्डमा ६ जनाको प्रहरी टोली आवश्यक हातहतियारसहित खटिएको हो ।
जिल्ला प्रहरी कार्यालयको जिम्मेवार इलाकाभित्र पर्ने चुरे गाउँपालिका–६ फल्टुडे बजार हुँदै वडा नम्बर ३ धप्रेनी, चित्रपुरसम्मका वडाहरुमा हतियारसहित प्रहरी परिचालन गरिएको छ ।
