काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालयमा कार्यरत दुई कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ ।
बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालको टोलीले नापी कार्यालय कलंकीमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी कर्मचारी नेत्रमणि पोखरेललाई घुससहित पक्राउ गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेले उनीहरुलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको जानकारी दिए । उनीहरूले सेवाग्राहीसँग घुस लिएका थिए ।
उनीहरूले जग्गा हाल साविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भनेर सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका अख्तियारले जनाएको छ ।
त्यसबारेमा थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box
