Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरीको कल्याण कोष विरुद्धको विषयमा भ्रम फैलाउन खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रहरी संगठनको छविमा नकारात्मक सन्देश प्रवाह हुने गरी बिषयमा समाचार सम्प्रेषण हुनु दुःखद भएको बताएको छ । प्रहरीको प्रचलित कानूनी श्रोतबाट प्राप्त कल्याण कोषमा रहेको रकमको परिचालन तथा लगानीको विषयलाई लिएर नेपाल पूर्वप्रहरी संगठनबाट प्रेषित विज्ञप्ति तथा केही अनलाइनहरुमा सम्प्रेषित समाचारमा प्रधान कार्यालयले आपत्ति जनाएको हो । पछिल्लो समय कोषको रकम, लगानीको विषयबारे प्रश्न उठाउँदै विभिन्न समाचार सार्वजनिक भएका छन् । तर, कोषको सम्पूर्ण आर्थिक गतिविधि आन्तरिक लेखा परीक्षण तथा…
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद् परिसरमा बाहिरबाट आन्दोलनकारीहरु प्रवेश गरेर प्रदर्शन गरेको घटनाबारे छलफल गर्न दुवै प्रहरी प्रमुखदेखि काठमाडौंका सुरक्षा अधिकारीलाई मन्त्रालयमा बोलाएका छन् । प्रहरीका महानरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालय, काठमाडौं जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्री, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतलाई छलफलमा बोलाइएको बताइएको छ । उनीहरुलाई मन्त्री श्रेष्ठले गम्भीर कमजोरी भएको भन्दै प्रश्न गरेको बताइएको छ । यो घटनाबारे छानबिन गर्ने प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक दिनेश मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाइसकेको छ । समितिमा जिल्ला प्रहरी…
काठमाडौं । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा आन्दोलनकारी प्रवेश गरेको घटनामा प्रहरी प्रधान कार्यालयले केही प्रहरी कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएको छ । झन्डै दुई दर्जन हाराहारीमा प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाएको हा । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका प्रहरी विशेष कार्यदलका इन्स्पेक्टरसहित ३२ जनाको जिम्मेवारी खोसिएको हो । उनीहरूलाई संसद् भवनको सुरक्षा जिम्मेवारीबाट हटाएर कपनस्थित कार्यदलको कार्यालयमा पठाइएको हो । जबकी उनीहरुको अवधि पनि पुगेको थियो । ‘अहिले यो घटना पनि हुन पुग्यो । त्यसैले प्रहरी कर्मचारीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय भएको छ’, प्रहरी प्रधान कार्यालयले जनाएको छ । आज दिउँसो लघुवित्त पीडित आन्दोलनकारीहरू…
प्रहरीले पाएको गोप्य सूचना : ५२ केजी गाँजा बोकेको एम्बुलेन्ससहित चालक प्रहरीको फन्दामा
काठमाडौं । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सभित्र गाँजा हुन्छ भन्ने अनुमान कसलाई हुन्छ र ? साइरन बजाउँदै राजमार्गमा गुड्ने एम्बुलेन्सलाई रोक्ने कुरा पनि आउँदैन । उल्टै आपतकालिन सेवा भनेर बाटो खाली गराउने काम हुन्छ । तर, शनिबार यस्तै दृश्य धनकुटाको भेडेटारमा देखियो । नभन्दै अगाडी साइरन बजाउँदै आएको एम्बुलेन्सभित्र बिरामी मान्छे कोही नभएपछि शंका लागेर चालकमाथि केरकार गर्दा एम्बुलेन्सबाट ५२ केजी गाँजा बरामद भयो । इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायब निरीक्षक (सई) जीवन कार्कीका अनुसार धनकुटाबाट धरान तर्फ आउँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा शनिवार बिहान १० बजे ५२ केजी गाँजा बरामद भएको हो…
काठमाडौं । चितवनको नारायणी नदीमा एक जनाको शव फेला परेको छ । नदीको पुलमूनि अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएको हो । नदीले बगाउँदै शव ल्याएको भनि स्थानीयले खबर गरेपछि वडा प्रहरी कार्यालय, नारायणगढबाट विपद् व्यवस्थापन टोली घटनास्थल पुगेको थियो । टोलीले शव नदीबाट बाहिर निकालेको छ । उक्त शवको पहिचान नखुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव १५ दिन पुरानोजस्तो देखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौं । एक रेष्टुरेन्टमा महिलाको गोप्य तस्वीर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका नायब उपरीक्षक (डिएसपी) २५ हजार रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले महिलाको तस्बीर खिचेको आरोपमा पक्राउ परेका डिएसपी तुलसिंह केसीलाई धरौटीमा छाड्ने आदेश दिएको हो । उनी गत ५ फागुनमा स्वयम्भुस्थित रेष्टुरेन्टबाट पक्राउ परेका थिए । एक युवती शौचालयमा गएका बेला बाथरुमको माथिल्लो खुल्ला भागबाट उनले तस्वीर तथा भिडियो खिचेका थिए । युवतीलाई शंका लागेपछि रेष्टुरेन्टमै विवाद गरेकी थिइन् । पछि प्रहरीलाई खबर गरेर पक्राउ गरिएको थियो । डिएसपी केसीले माफी मागे पनि युवतीले उजुरी दिएर उनलाई थुनाएकी हुन् ।…
काठमाडौं । क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन् । आइतबार दाङ जिल्ला अदालतका न्यायधीश मनोजकुमार श्रीवास्तवको इजलासले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएका हुन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका-५ सिङ्गे नजिकै बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट दाङको राप्ती गाउँपालिका-५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो ।
काठमाडौं । योग्यता र इजाजत बिना अस्पताल खोलेर शल्यक्रिया गर्ने दुई भारतीयसहित तीन जनालाई रौतहटबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला पूर्वी चम्पारण थाना ढाका–१४ खैरवा बस्ने ४५ बर्षीय हसिंन अख्तर, सोही ठाउँका २७ वर्षीय मोहम्द तबरेज आलम र रौतहट यमुनामाई गाउँपालिका–२ भेडियाही टोल बस्ने २७ वर्षीय कलाम मन्सुरी छन् । तीनै जनाले यमुनामाई गाउँपालिका–१ सुकदेव चौकमा सगरमाथा तराई हस्पिटल प्रा.लि. सञ्चालन गरी शिरामीहरुको एपेन्डिस, पायल्स, युट्रेसलगायत शल्यक्रिया गर्दै आएको प्रहरीले जनाएको छ। योग्यता र इजाजत बिना अस्पताल सञ्चालन गरि उपचार गर्दै आएको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले अनुगमनको…
काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेलको कडा निर्देशनपछि दुई प्रहरीलाई कानुनी कारबाहीको दायरामा ल्याइएको छ । सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुई लाख रुपैयाँ ठग्ने बहालवाला एकजना प्रहरी सहायक हवल्दार र एकजना प्रहरी जवानलाई कानुनी कारवाहीको दायरामा ल्याइएको हो । डीआईजी पोखरेलको निर्देशनमा आरोपीद्वय जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सहायक हवलदार दीपेन्द्र कुमार राज र जवान रोशन कुमार यादव प्रहरी हिरासतमा पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषामा दुवैजनामाथि आइतबार आपराधिक विश्वासघात र आपराधिक लाभ शीर्षकमा दुद्दा दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी श्याम कुमार महतोले बताए । आइतबार नै…
काठमाडौं । कृष्ण कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छन् । ती महिलाले आफूलाई कँडेलले दुर्व्यवहार गरेको दावीसहित सोमबार फिरादपत्र दर्ता गराएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले जानकारी दिए । यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा पीडित आफैं अदालत जान पाउँछन् । त्यही प्रक्रिया अनुसार पीडितले अदालतमा मुद्दा हालेकी हुन् । यसअघि नै कँडेलले आफ्नो गाली बेइज्जती भएको भन्दै ती महिलाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।