काठमाडौं । चितवनको नारायणी नदीमा एक जनाको शव फेला परेको छ । नदीको पुलमूनि अन्दाजी ५० वर्षीय पुरुषको शव भेटिएको हो ।
नदीले बगाउँदै शव ल्याएको भनि स्थानीयले खबर गरेपछि वडा प्रहरी कार्यालय, नारायणगढबाट विपद् व्यवस्थापन टोली घटनास्थल पुगेको थियो ।
टोलीले शव नदीबाट बाहिर निकालेको छ । उक्त शवको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शव १५ दिन पुरानोजस्तो देखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Facebook Comments Box
