काठमाडौं । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा आन्दोलनकारी प्रवेश गरेको घटनामा प्रहरी प्रधान कार्यालयले केही प्रहरी कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएको छ । झन्डै दुई दर्जन हाराहारीमा प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाएको हा ।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका प्रहरी विशेष कार्यदलका इन्स्पेक्टरसहित ३२ जनाको जिम्मेवारी खोसिएको हो ।
उनीहरूलाई संसद् भवनको सुरक्षा जिम्मेवारीबाट हटाएर कपनस्थित कार्यदलको कार्यालयमा पठाइएको हो । जबकी उनीहरुको अवधि पनि पुगेको थियो । ‘अहिले यो घटना पनि हुन पुग्यो । त्यसैले प्रहरी कर्मचारीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय भएको छ’, प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आज दिउँसो लघुवित्त पीडित आन्दोलनकारीहरू एकाएक संसद् भवन छिरेर प्रदर्शन गरेका थिए । उनीहरू दुई नम्बर गेटबाट प्रवेश गरेर प्रदर्शन गरेका हुन् । यस मामिलामा गृहमन्त्रीसमेत असन्तुष्ट बन्दै सुरक्षा निकायका प्रमुखहरूसँग चासो राखेका छन् ।
