Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध नेपाली कांग्रेसले सदनमा उठाएको विषयमा जवाफ दिन तयार रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा बोल्दै गृहमन्त्री लामिछानेले भने, ‘कांग्रेसले के विषय उठाएको हो ? कस्तो विषय हो ? कस्तो उजुरी हो ? यसको वास्तविकता के हो ? कहाँ छ, के छ भनेर म जवाफ दिन तयार छु । सदनमा मौका पाएँ भने कांग्रेसलाई जवाफ दिन तयार रहेको बताउँदै गृहमन्त्री लामिछानेले म उहाँहरुलाई राम्रोसँग यो कुरा बताउन तयार रहेको बताए । गृहमन्त्री लामिछानेले कांग्रेसले आफूविरुद्ध नाराबाजी गर्दै सदन अवरोध गरेको भन्दै कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले सदनमा त्यस्तो गरिरहन्छ भन्ने नलागेको बताए…
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन् । शुक्रबार बिहान गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहाललाई आयोगले तयार पारेको प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले, कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औंल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन उपप्रधान एवं गृहमन्त्रीलाई निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेका छन्। आयोगले बिहीबार गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्य…
काठमाडौं । सशस्त्र प्रहरी बलका पूर्व एआईजी समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठले पार्टीका महामन्त्री विक्रम पाण्डेसहित पाँच जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् । आफूमाथि पार्टी कार्यालयभित्रै सांघातिक आक्रमणमा गरेको भन्दै श्रेष्ठले पाण्डेसहित पाँच जनाविरुद्ध प्रहरी वृत महाराजगञ्जमा उजुरी दिएका हुन् ।पार्टी महामन्त्री पाण्डेको योजनामा आफूमाथि आक्रमण गरिएको श्रेष्ठको दावी छ । प्रहरीले घटनाबारे अनुसन्धान गर्न सिसिटिभी फुटेज संकलन गरिसकेको जनाएको छ । आइतबार कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठले भ्रष्टाचारी भनेपछि पाण्डेसँग चर्काचर्की भएको थियो । लगत्तै बाहिरिएका पाण्डेका समर्थकहरुले बिहान बैठकपछि खाना खान निस्कने क्रममा आफूमाथि आक्रमण भएको श्रेष्ठले बताएका छन् । सामाजिक सञ्जालमा…
काठमाडौं । ओभरलोड बोकेर नेपालमा निर्वाद रुपमा सञ्चालन हुने भारतीय ट्रकका कारण नेपाली ट्रक व्यवसायी धरापमा पर्दै गएको यातायात व्यवसायीले बताएका छन् । नियम कानून विपरित ओभरलोड बोकेर चल्ने भारतीय ट्रकलाई तत्काल रोक्न ट्रक व्यवसायीले सरकारसंग जोडदार माग समेत गरेका छन् । राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी समितिको २१ औं बार्षिक साधारण सभा तथा १४ औँ अधिबेशनमा बोल्ने यातायात व्यवसायीले यातायात व्यवसायीका समस्या सरकारले सम्बोधन गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले नेपालका तिनै तहका सरकारले यस क्षेत्रको लागी कानून बनाउन आवश्यक रहेको बताए । नेपाल ट्रक यातायात व्यवसायी…
काठमाडौ । एकनारायण अर्याललाई गृह सचिवको जिम्मेवारी दिइएको छ । सोमबार मन्त्रिपरिषद्को बसेको बैठकले अर्याललाई गृह सचिव बनाउने निर्णय गरेको हो । हालका गृहसचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
काठमाडौ । बाँके प्रहरीले स्रोत नखुलेको १ करोड ३० लाख ४८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको छ । त्यस्तै, १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगञ्जबाट दुई दिनको अवधिमा सो रकम बरामद गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराले जानकारी दिए । ‘रकमसँगै आइतबार र सोमबार अपरेशन चलाएर ३ वटा समूहका ८ जनालाई पक्राउ गरेका छौ,’ एसपी बोहराले भने, ‘बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ ।’ एसपी बोहराका अनुसार आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ…
काठमाडौं । नेकपा (एमाले) गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । आइतबार नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम अनुसार थापा २८० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कृष्ण नेपालीले २०५ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा मेनबहादुर अधिकारी २७० मतसहित निर्वाचित भए । उपाध्यक्षका उम्मेदवारहरु कमल दानीले १२१ मत र कृष्ण काप्रीले ७१ मत मात्रै प्राप्त गरे । सचिवमा काजीराम रोका ३५३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत प्राप्त गरे । त्यसैगरी, उपसचिवमा मनोज जोशी २६५ मतसहित निर्वाचित हुँदा विष्णु पन्तले ११४ मत प्राप्त गर्दा सन्जित श्रेष्ठले ६७ मत मात्रै प्राप्त गरे ।…
काठमाडौं । नेपाल प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि हटाउने चर्चा बेला-बेलामा हुने गर्छ । तत्कालीन प्रहरी महानिरीक्षक (आईजी) धीरज प्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदै गर्दा प्रहरी नियमावली संशोधन गर्न लागि परेका थिए । सिंहले नियमावली संशोधन गरेर ३० वर्षे सेवा अवधि हटाउन तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई दबाब पनि दिएका थिए । तर, उनको प्रयास सफल भने हुन सकेन- लगत्तै सरकार परिवर्तन भइदियो । अहिले फेरि पुनः ३० वर्षे सेवा अवधि हटाउने चर्चा सुरु भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३० वर्षे सेवाहद जसरी पनि हटाउनुपर्ने उपप्रधान तथा गृहमन्त्री…
काठमाडौं । आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन् । अछाम प्रहरीले आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा बुबालाई पक्राउ गरेको हो । अछामको मङ्गलसेन नगरपालिकाका अन्दाजी ३५ वर्षीय पुरुषले छोरीलाई बलात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शनिबार साँझ ४ बजेको समयमा मादक पदार्थ सेवन गरेर लठ्ठ भएका बाबुले छोरीलाई एक्लै भएको मौकामा बलात्कार गरेको जाहेरीमा उल्लेख छ । बालिकालाई लिएर आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । आरोपितलाई घरबाट पक्राउ गरी अदालतबाट म्याद थप भई अनुसन्धानको प्रक्रियामा रहेको बताइएको छ । बालिकाको जिल्ला अस्पताल अछाममा स्वास्थ्य परीक्षणपछि आमाछोरीलाई सेफ हाउसमा…
काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जिवन श्रेष्ठले बताए । फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनि घाइते भएका थिए । उपचारको क्रममा आइतबार उनको मृत्यु भएको हो । दुर्घटना गराउने बसका चालक नवराज गिरीलाई प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।