काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध नेपाली कांग्रेसले सदनमा उठाएको विषयमा जवाफ दिन तयार रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा बोल्दै गृहमन्त्री लामिछानेले भने, ‘कांग्रेसले के विषय उठाएको हो ? कस्तो विषय हो ? कस्तो उजुरी हो ? यसको वास्तविकता के हो ? कहाँ छ, के छ भनेर म जवाफ दिन तयार छु ।
सदनमा मौका पाएँ भने कांग्रेसलाई जवाफ दिन तयार रहेको बताउँदै गृहमन्त्री लामिछानेले म उहाँहरुलाई राम्रोसँग यो कुरा बताउन तयार रहेको बताए ।
गृहमन्त्री लामिछानेले कांग्रेसले आफूविरुद्ध नाराबाजी गर्दै सदन अवरोध गरेको भन्दै कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले सदनमा त्यस्तो गरिरहन्छ भन्ने नलागेको बताए ।
उनले अपराध अनुसन्धानमा कुनै पनि प्रभाव पर्न नदिने बताए । गृहमन्त्री लामिछानेले सुन प्रकरणको अनुसन्धानमा प्रभाव हुन नदिने पनि बताएका छन् ।
