काठमाडौं । नेकपा (एमाले) गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । आइतबार नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम अनुसार थापा २८० मतसहित विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी कृष्ण नेपालीले २०५ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा मेनबहादुर अधिकारी २७० मतसहित निर्वाचित भए । उपाध्यक्षका उम्मेदवारहरु कमल दानीले १२१ मत र कृष्ण काप्रीले ७१ मत मात्रै प्राप्त गरे ।
सचिवमा काजीराम रोका ३५३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत प्राप्त गरे ।
त्यसैगरी, उपसचिवमा मनोज जोशी २६५ मतसहित निर्वाचित हुँदा विष्णु पन्तले ११४ मत प्राप्त गर्दा सन्जित श्रेष्ठले ६७ मत मात्रै प्राप्त गरे ।
उपसचिव महिलामा शान्ति चापागाईँ ३२० मतसहित निर्वाचित भए । उनको प्रतिस्पर्धी नानीमाया थापाले १५० मत मात्रै प्राप्त गरे ।
