Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौ । मोरङको विराटनगर – ४ मा रहेको नोबेल टिचिङ अस्पतालको अर्थो विभागमा कार्यरत २३ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न भनिएका प्रेमी २२ वर्षीय शिवशंकर दास समेत आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन् । नोबेल अस्पताल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राती मृत भेटिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले जानकारी दिए । सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडीदेखि कोठामा बस्दै आएकी थिइन् । उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठा भित्र बाथरुममा शव भेटिएको थियो । दासको घाँटी, अनुहारलगायत…
राहुल गुप्ता, बारा । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सन्तोष बहादुर सिंहले सिमा नाकाबाट हुने तस्करी ठप्प पार्न आफ्नो मातहातका युनिटहरुलाई ठाडो निर्देशन दिएका छन् । बारा जिल्लाको सबै युनिट कमाण्डरहरुलाई सशस्त्र प्रहरी उपरीक्षक सिंहले ठाडो निर्देशन दिदै तस्करी धन्दालाई ठप्प पार्न भनेका हुन् । विगत लामो समयदेखि चल्दै आएको तस्करी धन्दालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीको सबै युनिटहरुका कमाण्डरलाई निर्देशन दिदै सिंहले तस्करी धन्दा ठप्प पार्न भनेका हुन् । सिंहले सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण प्रमुखको जिम्मेवारी सम्हालेका केही हप्ताभित्रै तस्करी धन्दालाई टार्गेट गर्दै तस्करी धन्दा ठप्प पारिएको सीमाबाट हुने कृयाकलापले…
काठमाडौं । माघ २२ गते सुस्मा लामा घरबाट कलेज निस्केकी थिइन् । तर, साँझ घर फर्किनन् । परिवारले आफन्तहरुको घर, कोठामा गएको होला भन्ठानेर प्रहरीमा खबर गरेनन् । खोजीकार्य जारी गरेपनि भोलिपल्टसम्म उनी घर आइनन् । २३ गते एक्कासी सुस्माले प्रयोग गर्ने सुस्मा मंगोलियन नाम गरेको फेसबुक आईडीमा एउटा अनौठो पोष्ट सार्वजनिक भयो । जुन पोष्टमा बेहुला-बेहुलीको कपडा लगाएको फोटो थियो । बेहुला-बेहुलीको कपडा लगाएको फोटोसँगै क्याप्सन लेखिएको थियो, ‘सरी सबैलाई, ३ दिनमा म आउँछु ।’ बेहुलाको फोटोमा अनुहार छोपिएको थियो भने बेहुलीको छोपिएको थिएन । त्यसपछि उक्त फेसबुक डिएक्टिभ गरियो । यता, परिवार सुस्मा तीन दिनमा फर्किने भन्दै आश्वस्त…
काठमाडौं । नागरिकता किर्ते प्रकरणमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध तत्काल कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । नक्कली छोरी बनाएर किर्ते नागरिकता दिलाएका मेयर सिंहविरुद्ध गृहमन्त्री लामिछानेले कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् । गृह मन्त्रालयको छानबिन समितिले यसअघि नै अध्ययन सकेर मन्त्रीलाई प्रतिवेदन बुझाइसकेको थियो, तर कारबाही प्रक्रिया अघि बढेको थिएन । मेयर सिंहले समितिको बयानमा रिता भट्टराईलाई आफ्नो दोस्रो श्रीमती भएको बयान दिएका थिए । भट्टराईकी छोरी रुबिनाको जन्मदर्तामा हस्ताक्षर गरेका स्थानीय पञ्जीकरण भिखारी रायले आफ्नो नाम र हस्ताक्षर किर्ते गरेर जन्मदर्ता प्रमाणपत्र बनाएको पाइएको बताएका थिए । पदबाट जोगिन मेयर सिंहले…
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठमाथि हातपात गरेको भन्दै राप्रपाले आफ्ना ३ नेतालाई निलम्बन गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका श्रेष्ठमाथि गत फागुन २७ मा कार्यालयमै कुटपिट भएको थियो । कुटपिटमा संलग्न पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई राप्रपाले आइतबार पत्र नै काटेर पार्टीबाट चार वर्षका लागि निलम्बन गरेको हो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठ र राप्रपा महामन्त्री विक्रम पाण्डेबीच भनाभन भएको थियो । अनुशासन कारबाहीलगायत विषयमा श्रेष्ठले आफ्नो धारणा…
काठमाडौ । पश्चिम नवलपरासी प्रहरीले सर्वस्व सहित जन्मकैदको सजाय सुनाईएका एक फरार अभियुक्तलाई १४ वर्षपछि पक्राउ गरेको छ । छिमेकिको हत्यापछि भारतमा लुकेर बस्दै आएका साविक गुठीसुर्यपुरा गा.वि.स ९ झुलनीपुर बस्ने वर्ष ५६ का नौमी प्रसाद राजभरलाई प्रहरीले शुक्रबार पाल्हीनन्दनको महेसपुर नाकाबाट पक्राउ गरेको हो । राजभरले साथीहरुसंग मिलेर विक्रम संवत २०६६ साल असोजमा स्थानिय अरविन्द राजभरको हत्या गरेका थिए । सिमावर्ती भारतिय बजार ठुुटिबारीमा आफन्तको जग्गा किन्ने भन्दै नौमी प्रसाद सहित थप दुई जना व्यक्तिको साथमा अरविन्द राजभर घर बाट निस्कीएका थिए । तर अरविन्द न त ठुटिबारी जग्गा किन्न पुगे नत घरनै फर्किए, खोज्दै जाने क्रममा उनको शव…
काठमाडौं । आगामी २०८१ सालको शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइ कार्य सकिँदैछ । अहिलेकै गतिमा पुस्तक छपाइ कार्य जारी रहेमा सामुदायिक विद्यालयका विद्यार्थीले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने छन् । देशभरिका सबै जिल्लामा वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुने छ । कक्षा ५ देखि १२ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक छपाइ भइसकेको जनाएको छ । जनक शिक्षाले चैत १५ देखि पाठ्यपुस्तकको बिक्री खुला गर्ने योजना बनाएको छ । तयार पाठ्यपुस्तकलाई जिल्लाका बिक्री केन्द्रमा पठाउन ढुवानी कार्य पनि सँगसँगै जारी छ । आउँदो शैक्षिक सत्रका लागि जनक…
कास्की । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांगेस अब संसद्मा बलियो प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । नेपाली कांग्रेस कास्कीका कार्यकर्तालाई पोखरामा सम्बोधन गर्दै नेता थापाले नेकपा (माओवादी) केन्द्र गठबन्धनबाट बाहिरिए पनि कांग्रेसले दुःख मनाउ नगरेको बताउँदै आगामी २०८४ को निर्वाचन गर्ने जिम्मेवारी कांग्रेसकै काँधमा आउने दाबी गरे । ‘जनताप्रति सरकारलाई जवाफदेही बनाउन कांग्रेसले आफ्नो भूमिका संसद्मा खेल्छ,’ नेता थापाले भने । सरकारबाट बाहिरिएसँगै कांग्रेसलाई केन्द्रदेखि गाउँ तहसम्म सङ्गठन विस्तार गर्ने मौका मिलेको बताउँदै उनले आगामी निर्वाचनमा अन्य सबै पार्टी एक भए पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नसक्ने पार्टीका रूपमा विकास गर्न सक्ने बताए । ‘गठबन्धनको राजनीतिले पार्टी कार्यकर्तामा निराश पैदा…
काठमाडौ । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको बस रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बस चितवनमा रोकिराखेको ट्रकसंग ठोक्किको हो । दुर्घटनामा ट्रक चालकसहित चार जना घाइते भएका छन् । इच्छाकामना-६ जलबिरेस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले चक्का पंचर भई बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका बसमा सवार भारत मोतिहारी जिल्ला चम्पारण बस्ने ३७ वर्षीय गौरी दास उपचारका लागि भरतपुरतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । घाइतेहरु ट्रक चालक वीरगन्ज-२३ बस्ने ३३ वर्षीय हाकिम मिया, बसमा सवार …
रौतहट । मनी ट्रान्सफर सञ्चालक नीतेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनीहरूले शुक्रबार दिउँसो परोहा नगरपालिका–९ स्थित वीरेन्द्र साहका २६ वर्षीय छोरा नितेश साहमाथि गोली प्रहार गरेका थिए । शिवमनी ट्रान्सफर कार्यालयमा कारोबार गरिरहेको अवस्थामा बिआर ०६सिएल ९७९६ नम्बरको भारतीय मोटरसाइकलमा आएका उनीहरूले साहमाथि गोली प्रहार गरेका थिए । गोली प्रहार गरी भाग्दै गरेको…