काठमाडौ । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको बस रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बस चितवनमा रोकिराखेको ट्रकसंग ठोक्किको हो ।
दुर्घटनामा ट्रक चालकसहित चार जना घाइते भएका छन् । इच्छाकामना-६ जलबिरेस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले चक्का पंचर भई बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भएका बसमा सवार भारत मोतिहारी जिल्ला चम्पारण बस्ने ३७ वर्षीय गौरी दास उपचारका लागि भरतपुरतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
घाइतेहरु ट्रक चालक वीरगन्ज-२३ बस्ने ३३ वर्षीय हाकिम मिया, बसमा सवार सर्लाहीको बरहथवा नगरपालिकाको मिलनचोक बस्ने २५ वर्षीया पूजा गुप्ता, भारत सितामढी जिल्ला रमनगरा बस्ने ३२ वर्षीय अम्बरनाथ कुमार र भारतको विहार राज्य मजापुर जिल्ला बस्ने ३९ वर्षीया रिता गुप्ताको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बस चालक नवलपरासी(सुस्तापुर्व) कावासोती-१४ बस्ने ३९ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिइएको डिएसपी भण्डारीले बताए ।
