काठमाडौं । नागरिकता किर्ते प्रकरणमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध तत्काल कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।
नक्कली छोरी बनाएर किर्ते नागरिकता दिलाएका मेयर सिंहविरुद्ध गृहमन्त्री लामिछानेले कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।
गृह मन्त्रालयको छानबिन समितिले यसअघि नै अध्ययन सकेर मन्त्रीलाई प्रतिवेदन बुझाइसकेको थियो, तर कारबाही प्रक्रिया अघि बढेको थिएन ।
मेयर सिंहले समितिको बयानमा रिता भट्टराईलाई आफ्नो दोस्रो श्रीमती भएको बयान दिएका थिए ।
भट्टराईकी छोरी रुबिनाको जन्मदर्तामा हस्ताक्षर गरेका स्थानीय पञ्जीकरण भिखारी रायले आफ्नो नाम र हस्ताक्षर किर्ते गरेर जन्मदर्ता प्रमाणपत्र बनाएको पाइएको बताएका थिए ।
पदबाट जोगिन मेयर सिंहले गृह मन्त्रालय समक्ष दिएको बयानको २४ घण्टा नबित्दै दोस्रो भनिएकी श्रीमती रिता भट्टराईलाई अंश र डिभोर्स मुद्दा दिन पनि लगाएका थिए ।
