राहुल गुप्ता, बारा । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सन्तोष बहादुर सिंहले सिमा नाकाबाट हुने तस्करी ठप्प पार्न आफ्नो मातहातका युनिटहरुलाई ठाडो निर्देशन दिएका छन् ।
बारा जिल्लाको सबै युनिट कमाण्डरहरुलाई सशस्त्र प्रहरी उपरीक्षक सिंहले ठाडो निर्देशन दिदै तस्करी धन्दालाई ठप्प पार्न भनेका हुन् ।
विगत लामो समयदेखि चल्दै आएको तस्करी धन्दालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीको सबै युनिटहरुका कमाण्डरलाई निर्देशन दिदै सिंहले तस्करी धन्दा ठप्प पार्न भनेका हुन् ।
सिंहले सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण प्रमुखको जिम्मेवारी सम्हालेका केही हप्ताभित्रै तस्करी धन्दालाई टार्गेट गर्दै तस्करी धन्दा ठप्प पारिएको सीमाबाट हुने कृयाकलापले प्रष्ट देखिएको छ ।
सीमा नाकाबाट अवैध कृयाकलाप गर्नेहरुका लागि सशस्त्र प्रहरी उपरीक्षक सिंह कठोर बन्दै तस्करी धन्दालाई ठप्प बनाएको तस्करहरुले नै बताउन थालेका छन् ।
यता सशस्त्र प्रहरी उपरीक्षक सिंहले सीमा नाकामा खटिएको सशस्त्र प्रहरीका युनिट कमाण्डरलाई ठाडो निर्देशन दिदै तस्करी धन्दालाई ठप्प पार्नको साथै शान्ति सुरक्षामा समेत निगरानी बढाउन निर्देशन दिएको बताए ।
सीमा नाकामा खटिएका प्रहरीहरुले कुनैपनि अनैतिक कार्यबाट आर्थिक लाभ लिन खोज्नेहरुलाई सिधै कानुन बमोजिम कारवाही गरिने उनले बताए ।
सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणको जिम्मेवारी सम्हालेको दिनदेखि सीमा नाकाबाट लागुऔषध, हुन्डीको रकमसहित कारोवारी, राजस्व छलिका मालसमानहरु बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक सिंहले दावी गरे ।
त्यस्तै सीमा नाका वरिपरीका गाउँहरुका स्थानीयवासीहरुले हाल सशस्त्र प्रहरीको कार्य राम्रो र निगरानीमा पनि बढोत्तरी भएको कारण राहत भएको महसुस गर्न थालेका छन् ।
ग्रामिण भेगहरुबाट बढ्दै गएको तस्करी र चोरीका घटनाहरुका कारण आजित भएको बारावासीले हाल चयनको शास लिन पाएको महसुस गरेको कलैया उपमहानगरपालिका- १० का स्थानीयहरुले बताएका छन् ।
