Author: Scoop Khabar

काठमाडौ । गत आइतबार बैतडीको दोगडाकेदार गाउँपालिका–२ पातलीकी १६ वर्षीया पशुपति महरा घरनजिकैको खालीपातल सामुदायिक वनभन्दा केही तल रुखमा झुण्डिएको अवस्थामा मृत भेटिइन । घरको जेठो सन्तान पशुपति कफलकोटस्थित रौलेश्वर माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्थिन् । उनी घरमा आमा र भाइसँग बस्थिन् । बुवा कामको सिलसिलामा भारतमा थिए । तर, छोरीको दुःखद् घटनापछि हाल उनको बुवा घर फर्किसकेका छन् । पशुपतिलाई गुमाउँदा महरा परिवार विक्षिप्त छ । पशुपतिले आत्महत्या गर्नुअघि दुई पाना लामो सन्देश छाडेकी छन् । उनको कोठामा भेटिएको उक्त सन्देशमा परिवारका सदस्य र इष्टमित्रलाई सम्झदै क्षमा मागेकी छन् । आत्महत्याको कारण भने खुलाएकी छैनन् । आमालाई बुवाको…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी कर्मचारीलाई दरबन्दीमा फिर्ता गरेको छ । १० चैत २०७९ देखि ३० फागुन २०८० सम्मको अवधिमा नियम विपरीत काजमा खटिएका ८७७ जनालाई दरबन्दीमा फिर्ता गरिएको हो । वसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षक (आइजीपी) भएपछि अनावश्यक काजलाई रोक्न भन्दै नियम विपरीत काजमा बसेको पाइएमा दरबन्दीमा फिर्ता गर्न सबै प्रहरी कार्यालयलाई परिपत्र गरिएको थियो । उक्त समयदेखि अहिलेसम्म नियम विपरीत काजमा खटिएका प्रहरी कर्मचारीको काज रद्द गरी दरबन्दीमै फिर्ता गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए । संगठन र व्यक्तिको लागि अति आवश्यक बाहेकको हकमा अहिले काज नगर्ने…

थप

काठमाडौं । सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसी) दिपक अधिकारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपी अधिकारीलाई सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१)को (ख) बमोजिम बढुवा समितिको निर्णयानुसार अधिकारीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको सूचनामा उल्लेख छ । बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुले ऐ नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७दिनभित्र बढुवा उपरको…

थप

काठमाडौं। पाँच वर्षपछि काठमाडौंमा पुनः उडान संचालनको तयारीमा रहेको मलेसियाको लो कस्ट एयरलाइन्स एयर एसियाले बक्यौताको किस्ताबापत नागरिक उड्डयन प्राधिकरणलाई बिहिबार १ करोड १५ लाख रुपैयाँ बुझाएको छ । यो वायुसेवाको नाममा जरिवानासहित २५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेकामा २ साताअघि पहिलो किस्ता बुझाएको थियो । ‘एयर एसियाले नेपालमा आफ्नो व्यावसायिक उडान संचालनका लागि दुई किस्ता बुझाएको छ,’ प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘उसले दोस्रो किस्ता प्रतिबद्धता जनाए अनुसारकै मितिमा बुझाएको छ । बक्यौताको किस्ता तिरेको देख्दा छिट्टै उडान गर्न चाहेको देखिन्छ ।’ पुनः नियमित उडान गर्नका लागि एयर एसियाले युनिभर्सल टुर्स एण्ड ट्राभललाई जनरल सेल्स एजेन्ट ‘जीएसए’ नियुक्त गरेको…

थप

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा बोल्दै उनले नयाँ सत्ता समीकरणबाट काम गर्न नसके फेरी पनि उथलपुथल गर्न बेर नलाग्ने उल्लेख गरेका हुन् । उनले कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भन्दै आफूले यस अघि पनि सार्वजनिक रूपमै त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य पुष्टि नहुने बताउदै आएको स्पष्ट गरे । प्रधानमन्त्री दाहालले अझै पनि काम गर्न सकिने सम्भावना देखेर नै आफू पदमा बसिरहेको बताए । प्रधानमन्त्री दाहालले मन्त्रालयहरूले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको अन्त्यतिर सःशर्त…

थप

काठमाडौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजन नभएका कारण प्रदेशहरुले काम गर्न नसकेको भन्न नहुने बताएका छन् । बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा लामिछानेले प्रदेशको औचित्यमा प्रश्न उठ्नुमा प्रहरी समायोजन मात्रै नभएको बताएका हुन् । बैठकमा प्रदेश प्रहरी समायोजन हुन नसकेकाले शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा समस्या परेका विषयमा छलफल भएको थियो । छलफलमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजनजस्ता अत्यावश्यक विषयसमेत नटुंगिदा संघीयताको औचित्यमै प्रश्न उठाउन थालिएको बताएका थिए । जवाफमा गृहमन्त्री लामिछानेले प्रहरी समायोजन विधेयक जति सक्दो छिटो अघि बढाउने…

थप

काठमाडौँ । नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) पदका लागि बढुवामा सिफारिस भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले ८ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेकाे हाे । कार्यालयकाे बढुवा समितिको बैठक बुधबार बसेकाे थियाे। बढुवा सिफारिसको पहिलो नम्बरमा ढकेन्द्र खतिवडा  र दोस्रो नम्बरमा अगुर जिसी रहेका छन् । बढुवा सिफारिसमा काे-काे परे? हेर्नुहोस् सूची:

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले सहकारी ठगीका मुख्य व्यक्ति जिबी राई नै भएको बताएका छन् । संसद्को राज्य व्यवस्था समितिको बैठकमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् । आईजीपी कुँवरले भने, ‘उनी मलेसियामा छन् भन्ने छ, तर मलेसियासँग सुपुर्दगी सन्धि छैन । मुलुकी अपराध संहिताले पनि एमएलए गर भन्छ । मलेसिया सरकारले सुपुर्दगीको रिक्वेस्टका रूपमा पत्र पठाउन भनेपछि मन्त्रालय मार्फत पठाइसकेका छौं ।’ आईजीपी कुँवरले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी भइसकेको बताए । तर पत्र पुग्दा पनि सुर्पुदगी सन्धि नभएकाले राईलाई डिपोर्ट गर्न मलेसिया सरकार…

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले तस्करीको सुन प्रकरणमा फरार रहेका आरोपी जीवन चलाउनेले मिडियाहरुमा दिएका अभिव्यक्तिलाई तथ्यका रुपमा लिन नसकिने बताएका छन् । बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आईजीपी कुँवरले सञ्चारमाध्यममा सार्वजनिक भएका चलाउनेका अभिव्यक्तिलाई तथ्यका रुपमा मान्न नसकिने बताएका हुन् । चलाउने पक्राउ नपरेसम्म उनको कुरालाई तथ्यका रुपमा लिन नसकिने आईजीपी कुँवरले बताए । चलाउनेले सुन प्रकरण अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुले पैसा मागेको तर, नपाएपछि आफूलाई प्रतिवादी बनाएको अडियो र भिडियो सार्वजनिक गरेका थिए । सुन तस्करीबारे छानबिन गर्न गठित पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगको जाँचका क्रममा चलाउनेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)…

थप

काठमाडौं । सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा क्षेत्रमा हराएका १५ सीमास्तम्भको पुनर्स्थापना र २ हजार १३५ सीमा स्तम्भको मर्मत सम्भार गरेको छ । नापी विभागको तथ्यांकअनुसार नेपाल–भारतबीच ८ हजार ८५३ सीमा स्तम्भ छन् । जसमध्ये सशस्त्र प्रहरी बलले ३ चैतसम्म १७ जिल्लाका २ हजार १३५ सीमा स्तम्भको मर्मत सम्भार गरेको प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए । १६ कात्तिकमा मधेश प्रदेशको छिन्नमस्ता बाहिनीबाट सीमा स्तम्भको मर्मत सुरू गरिएको थियो । हालसम्म झापामा १७० वटाको रंगरोगन, १२८ वटाको सामान्य मर्मत, १६ वटाको मध्यमस्तरको मर्मत र ३ वटाको पूर्ण मर्मत गरिएको छ । त्यस्तै मोरङमा ३३, सुनसरीमा १३३, सिरहामा १६५, धनुषामा १५४, महोत्तरीमा…

थप